सडकमा मागेर खाने युवती यसरी बनिन् संसारकै एक उत्कृष्ट एक मोडल(१५ तस्विर सहित)

चार वर्षअघि सम्म पनि रिटा गाभिओला, एक १३ वर्षकी किशोरी सडकमा माग्दै हिँड्थिन् । तर विगत चार वर्षदेखि उनी संसारको उत्कृष्ट ब्रान्डसँग एक मोडलको रुपमा आबद्ध भएकी छिन् । उनी चर्चित रियालिटी शोमा अभिनय पनि गर्छिन् । साथै, इन्स्टाग्राममा उनको लाखौ फलोअर्स पनि छन् । उनले यस्तो सफलता एउटा तस्बिरका कारण प्राप्त गरिन् ।

रिटाको यो रोचक कहानी सन् २०१६ मा सुरु भयो । त्यतिबेला उनी आफ्नो र परिवारको पेट पाल्न लुकबानस्थित माग्दै हिँड्थिन् । उनका बुवा फोहोर टिप्ने काम गर्थे र आमा उनीलगायत ६ सन्तानको हेरविचारका लागि घरमा नै बस्थिन् । उक्त घरको कोही पनि बच्चा स्कूल गएका छैनन् । उनको परिवारलाई खान नै धौधौ थियो त्यसकारण रिटाले मानिसहरुसँग पैसा वा खानेकुरा माग्ने गर्थिन् ।

त्यति नै बेला उनलाई एक फिलिपिनो फोटोग्राफर तोफर क्विन्टो बुर्गोसले देखे । लुक्बानमा आयोजित पाहियास फेस्टिबल अवलोकन गर्न त्यहाँ पुगेका थिए । उनले रिटाको फोटो खिचेर इन्टरनेटमा पोस्ट गरे । क्यामराको एउटा क्लिक र अपलोड बटनले रिटाको जीवनमा आकाश पातालको परिवर्तन ल्याइदियो ।

१३ वर्षे ती किशोरीको तस्बिर आगोसरी फैलियो । धेरैले उनको प्राकृतिक सुन्दरताको तारिफ गरे । बादजाओ समुदायकी उनलाई ‘बादजाओ गर्ल’ उपनाम दिइयो । फिलिपिन्सका थुप्रै सुन्दरीले उनलाई गरिबीबाट बाहिर निस्कन सहयोग गरे ।

विभिन्न सेलिब्रिटी जस्तै २०१५ की मिस वर्ल्स फिलिपिन्स ड्यानिल पारुङगाओ, २०१४ की मिस इन्टरनेशनल फिलिपिन्स बियान्का गुइदोटी र २०१५ की मिस अर्थ एन्जेलिया ओङ्गले रिटाको शरीर र अनुहारको बनावट मोडलको जस्तै भएको बताउँदै सोसल मिडियामा तारिफ गरे ।

के भइरहेको छ भनेर राम्रोसँग थाहा नपाइकनै उनले विभिन्न स्थानमा अन्तर्वार्ता दिइरहेकी थिइन्, विभिन्न ब्रान्डका लागि मोडलिङ गरिरहेकी थिइन्, टिभी सिरिजमा स–सानो भूमिकामा देखिन थालेकी थिइन् र अन्तर्राष्ट्रिय रियालिटी शो बिग ब्रदरमा कान्छ प्रतियोगीको रुपमा भित्रिएकी थिइन् । उनको यो चर्चाले उनलाई सोसल मिडियामा आफ्नो दर्शक बनाउन सहयोग गरेको थियो । यसमा देश–विदेशका विभिन्न व्यक्तित्व समावेश भए । तीमध्ये कतिले उनको परिवारलाई आर्थिक सहयोग पनि गरे । उनको जीवनमा परिबर्तन ल्याएका पुराना र अहिलेका नया तस्विर तल हेर्नुहोस

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….
रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् ।

म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

प्रकाशित मिति १६ बैशाख २०७८, बिहीबार ०५:४३