कोरोना बारेका यी तीन हल्लामा कति सत्यता

विश्वभर कोरोनाको सं’क्रमणले महामारीको रुप लिइ रहेको बेला यसबारे केहि भ्र’म तथा हल्लाहरुले समेत स्थान पाउने गरेका छन् ।

जसका कारण मानिसले उचित जानकारी नपाउँदा तिनै भ्रममा विश्वास गर्नुपर्ने बा’ध्यता बनिदिन्छ । आज हामी त्यस्तै बाहिर हल्लामा रहेका ३ बिषयका बारेमा जानकारी दिदैछौ ।

के घरपालुवा कुकुरबाट कोरोना सर्ने सभावना हुन्छ ?

विश्व स्वास्थ्य संगठनका अनुसार जनावरको असुरक्षित स’म्पर्कबाट कोरोनाको सं’क्रमण हुने सम्भावना हुन्छ । त्यसैले पशुको असुरक्षित स’म्पर्क हुनबाट जोगिनु पर्दछ ।

तर घरभित्र कैद रहेका, बाहिरी स’म्पर्कमा नआएका र कोरोना फैलने तत्वबाट जोगिएका अवस्थामा घरपालुवा जनावरबाट कोरोना सर्दैन ।

जनावर छोएकै भरमा कोरोना सर्छ भन्ने हुदैन, तर यि जनावरबाट कोरोना सर्ने जोखिम भने उच्च हुन्छ । त्यसैले तत्कालका लागी घरपालुवा जनावारबाट अलग्गै रहनु उत्तम हुन्छ ।

के वृद्ध मानिस मात्र कोरोनाको सं’क्रमित हुन्छन् ?

कतिपय समचारमा कोरोनाको सं’क्रमित हुने मानिसहरु वृद्ध मात्र हुने गरेको उल्लेख हुन्छ । तर नेपालका ५ सं’क्रमितको उमेर हेर्नु भयो भने ति सबै युवा उमेर समुहका छन् ।

त्यसैले कोरोनाले वृद्ध, बालबालिका वा युवा केहि भन्दैन । तर दिर्घ रोग, कमजोर रोग प्र’तिरोधी क्षमता भएकाहरुमा कोरोनाको सं’क्रमण हुन सक्दछ । त्यसैले पाको उमेरका मानिसमा यसको सं’क्रमण हुने सम्भावना प्रबल भए पनि सर्तकता राखेमा यसको सं’क्रमण हुने सम्भावना न्युन रहन्छ ।

के कोरोना भा’इरसको सं’क्रमण रोक्न एन्टिबायोटिक्स औषधि उपयुक्त हुन्छन् ?

एन्टिबायोटिक्सले केवल ब्याक्टेरियल इन्फेक्शन रोक्ने काम गर्दछ । कोरोना भाइरस एक प्रकारको भाइरस भएकाले यसको उपचारमा एन्टिबायोटिक्सका दवाई उपयोगी हुदैनन् ।

प्रकाशित मिति १८ चैत्र २०७६, मंगलवार ०१:३८