‘शव वाहन’ नपाएपछि मोटरसाइकलमा बोकियो ‘लास’ (भिडिओसहित)

भारतमा कोरोना संक्रमण तिब्र गतिमा बढिरहेको छ । अवस्था भयावह भएपछि बिरामीले बेड तथा लाश जलाउने ठाउँसमेत नपाएको समाचारहरु बाहिरिएका छन् ।

सोमबार मात्र अक्सिजनको अभावमा एक महिलाले आफ्नो श्रीमानलाई मुखले अक्सिजन दिएको फोटो निकै भाइरल भयो ।

पछिल्लो समय एउटा भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको छ। आन्ध्र प्रदेशको स्रिकाकुलममा खिचिएको उक्त भिडिओमा दुई जना युवकले एक जना महिलालाई बीचमा राखेर मोटरसाइकल चलाइरहेका छन्। समाचारमा जनाइएअनुसार गत सोमबार मन्डासा मन्डल गाउँकी ती ५० वर्षीय महिलालाई कोरोनाभाइरसका लक्षणहरू देखिएपछि जचाउन लगिएको थियो।

तर जाँचको रिपोर्ट नआउँदै उनको मृत्यु भयो। अस्पतालले उनको शवलाई घरसम्म लैजान कुनै सवारी व्यवस्था गर्न सकेन।

त्यसपछि उनका छोरा र ज्वाइँले मोटरसाइकलमा राखेर महिलाको शव १५ किलोमिटर टाढाको घर लिएर गए। भिडिओमा छोरा र ज्वाइँले महिलाको अवस्थाबारे एक जना प्रहरीलाई बताएको देखिन्छ।

भिडीयो:

प्रकाशित मिति १५ बैशाख २०७८, बुधबार ०८:५०