भारतमा अर्को हृदयविदारक तस्बिर, साईकलमा श्रीमतीको श’व

एजेन्सी । कोरोनाले महामारीको रुप लिएको भारतमा एक पछि अर्को हृदयविदारक तस्बिर सार्वजनिक भएका छन् । दुई दिन अघि आफ्नो श्रीमानलाई बचाउन महिलाले गरेको अन्तिम अवस्था सम्मको प्रयासको तस्बिरले सबैलाई रुवाएको थियो । उनले अक्सिजनको अभावमा जोखिममा परेका श्रीमानलाई मुखले अक्सिजन दिने प्रयास गरेकी थिइन् । तर उनका पतिको नि’धन भयो ।

यि पुरुषले आफ्नो श्रीमतीको मृत्युपछि छिमेकी र आफन्तको काँध पाएनन् । उनको श’वलाई कसैले छुने हिम्मत गरेन । पत्नीको अन्तिम संस्कारका लागि कसैको सहयोग नपाएपछि यि पुरुषले साइकलमा श’व राखेर हिँडे । घटना भारत माडिहु कोतवाली क्षेत्रको अम्बरपुर गाउँको हो ।


गाउँका तिलकधारी सिंहकी पत्नी राजकुमारीको ५६ वर्षको उमेरमा निधन भयो । उनको निधन जिल्ला अस्पतालमा उपचारका क्रममा भएको हो । एम्बुलेन्सबाट श’व लगेर तिलकधारी गाउँ पुगे। छिमेकीहरूले अन्तिम संस्कारमा सहयोग गर्न राजि भएनन् । यस्तो अवस्थाको सामना गर्नुपर्दा, तिलकधारीले अन्य कुनै उपाय देखेनन् । आफ्नी श्रीमतीको शरीरलाई साइकलमा राखेर एक्लै अन्तिम संस्कार गर्ने निर्णय गरे।


उनी साइकलमा श्रीमतीको श’व राखेर खोलामा जाने कोशिस गरे । तर त्यो प्रयास पनि उनका लागि निकै कठिन थियो । सूचना पाएपछि प्रहरी घ’टनास्थल पुगे र उनलाई सहयोग गरे । प्रहरीले श’व गाडीमा राखेर दाह संस्कार गर्ने स्थान सम्म लगिदिए । अन्तिम संस्कारका लागि उनीसंग पैसा पनि थिएन । प्रहरीले पैसा पनि दिए ।

प्रकाशित मिति १५ बैशाख २०७८, बुधबार ०८:४२