दीपिका पादुकोण र निर्देशक भन्सालीबीचको यस्तो सम्बन्ध…!

मुम्बई – बलिउड अभिनेत्री दीपिका पादुकोण र निर्देशक सञ्जय लीला भन्सालीबीच द’रार पैदा भएको खबर सार्वजनिक भएको छ।

यी दुईले ‘गोलियों की रासलीला रामलीला’, ‘बाजिराव मस्तानी’ र ‘पद्मावत’ जस्ता सम्झनलायक फिल्म बनाएका थिए। दीपिकाद्वारा ‘बाजीराव मस्तानी’ र ‘पद्मावत’ मा निर्वाह गरेको भूमिका स्मरणयोग्य थियो।


दीपिकाको करिअरका राम्रा फिल्मको निर्देशन सञ्जयले गरेका छन्। तर अहिले यी दुईबीच खटपट सुरु भएको छ।

दीपिका ‘द्रौपदी’ नामक फिल्म बनाउन चहान्थिन् र यसको निर्देशन भन्सालीले गरिदिएहुन्थ्यो भन्ने उनको चहाना थियो तर उनले दीपिकाको अनुरोध अस्वीकार गरे। उनी ‘गंगुबाई काठियावडी’ बनाउन व्यस्त भए। यो कुराले दीपिकालाई नरमाइलो लाग्यो।अन्नपुर्ण पोष्टमा खबर छ ।

सञ्जयले आफूसँग दीपिका रिसाएको त्यतिबेला थाहा पाए जतिबेला उनले ‘गंगुबाई काठियावाडी’ को एउटा आइटम गीत दीपिकालाई अफर गरे। उनको यो अफर दीपिकाले अस्वीकार गरिन्। दीपिकाले सञ्जयको ‘हीरा मन्डी’ मा पनि अभिनय गर्न मानिन्।

प्रकाशित मिति १५ बैशाख २०७८, बुधबार ०७:५७