के हि’स्टोरिया रोग बिहे गरेपछि ठिक हुन्छ त ?

म एक १७ वर्षीया युवती हुँ । म विगत पाँच वर्षदेखि पटक पटक बेहोस हुने समस्याबाट पी’डित छु । मेरो यो समस्या को निदानका लागि घरमा धामी झाँक्री बोलाउनेदेखि विभि न्न अस्पतालमा पु¥याएर उपचार गर्ने क्रम अहिले पनि जा री छ । मैले छारे रोगको औषधि पनि से’वन गरिसकेकी छु । तर, मेरो समस्या समाधान भएको छैन ।

स्वास्थ्य जाँचकै क्रममा कतिपय स्वास्थ्यकर्मीले हि’स्टेरिया भएको र यसको उपचारका लागि बिहे गरिदिनुपर्छ भन्ने सल्लाह मेरो अभिभावकलाई दिएका छन् । म अहिले ११ कक्षामा अध्ययनरत छु । बिहे नगर्ने पक्षमा छु । हिस्टेरिया भनेको के हो र। के यो बिहे गरेपछि निको हुने रोग हो र। मैले भोगिरहेको समस्या समाधान गर्न के गर्नुपर्ला ।

सुझाव उपचार हुने युगमा पनि हिस्टेरियाले गर्दा तपाईंले भोग्नुपरेको मानसिक तथा शारीरिक पीडा सुन्दा दुःख लाग्यो । नेपालमा हि’स्टेरिया को बारेमा सर्वसाधारणमा त पर्याप्त भ्रम छ नै, कतिपय स्वास्थ्यकर्मीमा पनि यो रोगबारे विभिन्न भ्रम रहेको पाइन्छ । स्वास्थ्यकर्मीले नै गलत धारणा सार्वजनिक गर्ने अवस्थाको अन्त्य नभएसम्म सर्वसाधारणको भ्रम हटाउन मुश्किल छ ।

मेडिकल क्षेत्रमा आजभोलि यो शब्दको प्रयोग नगर्ने वा प्रयोग गर्न हतोत्साहित गर्ने रणनीति चिकित्सकहरूले लिएका छन् । यसको कारण भनेको हि’स्टेरियालाई स्वास्थ्यसँग सम्बन्धित समस्याभन्दा पनि यौ न चाहना बढी भएपछि हुने वा यौ न चाहना पूरा नभएको अवस्थामा हुन सक्ने समस्या भनेर गलत ढंगले व्याख्या गर्ने प्रवृत्ति मौलाएको कारणले गर्दा नै हो ।

यो रोगको वैज्ञानिक उपचार सम्भव छ । उपचारका लागि दक्ष मनोचिकित्सक वा तालिमप्राप्त अन्य चिकित्सक कहाँ गएर विस्तृत रूपमा मनोविश्लेषण गरी कुन रोग हो, यकिन गर्नुपर्छ । वास्तवमै डिसोसिएटिभ डिसअर्डर हो भने मनको कुण्ठालाई केलाएर त्यसको समाधानका लागि मनोपरामर्श गर्नुपर्छ ।

प्रकाशित मिति १४ बैशाख २०७८, मंगलवार १६:५३