नायिका बेनिशा हमालको यो फिटनेस सूत्र (२० तस्विर सहित)

पोखरा/मुम्बईको एफएक्स स्कुल अफ फिल्म मेकिङ एन्ड फोटोग्राफीमा पढिरहेकी बेनिशा हमाल कोभिड–१९ को जोखिम बढेपछि गत चैत ५ गते काठमाडौं आइपुगिन् ।

यही अवधिमा विभिन्न भाषाका उत्कृष्ट सिनेमा हेर्न भ्याइन् । कथा–लेखनमा उनको रुचि छ, यो मौकामा थुप्रै कथा लेख्न भ्याइन् । कलेजका लागि सातामा एउटा लकडाउनमा आधारित कथा लेख्नु त छदैछ, अन्य सस्पेन्स थ्रिलर कथा पनि लेखेकी छिन् । ‘दि मिसिङ ब्राइड शीर्षक कथा साँझको ५ बजे लेख्न सुरु गरेकी थिए, लेख्दा–लेख्दै बिहानको ५ बजेको पत्तै पाइन“’, उनले उनलाई अहिले लेख्ने न-शा नै लागेको छ ।

बेनिशाले यो समयलाई मान्छेको परीक्षाका रूपमा पनि लिएकी छिन् । मानव जीवनलाई उनी पानीसँग तुलना गर्छिन् । र, भन्छिन्, ‘पानीजस्तै निराकार हुनुपर्छ, हाम्रो जीवन

त्यसो त उनको सपना राम्रो सिनेमामेकर बन्ने हो । उनी अझै एक वर्ष पढाइमै लाग्नेछिन्, त्यसपछि मात्रै सिनेमामा फर्किने योजना छ । लकडाउनले उनको नयाँ प्रतिभा पनि उजागर गरेको छ । ‘मैले जीवनमा स्केचसम्म गरेको थिइन“ । यो लकडाउनमा क्यानभास र कुचीलाई पनि साथी बनाए“ । अहिले त चित्रकलाको सिरिज नै तयार हुँदैछ,’ उनले भनिन् । चित्रहरूमा उनले प्रकृति र मान्छेको सम्बन्धलाई विषय बनाएकी छिन् ।

दिनहुँ एक्सरसाइज गर्छु : बेनिशा हमाल

बेनिशा हमाल नेपाली अभिनेत्री हुन् । हालै प्रदर्शनमा आएको हरर् फिल्म ‘घर’मा बेनिशाले पनि अभिनय गरेकी छिन् । बेनिशा फिट अभिनेत्रीभित्र पर्छिन् । स्वस्थ्य र फिट रहन आफूले खानपान र जीवनशैलीमा ध्यान दिने गरेको उनी बताउँछिन् । अब जानौँ, उनको फिटनेस सूत्र :

नियमित अभ्यास
आफूलाई फिट राख्न पहिला त सोच आउनुपर्छ । सोचेर मात्रै भएन, त्यसका लागि जाँगर पनि चलाउनुपर्छ । त्यसैले म सकेसम्म दैनिक एक्ससाइज गर्छु । वाक गर्छु । वाक गर्न नपाएमा आफ्नै निवास आसपासका खाली ठाउँमा एक्सरसाइज गर्छु ।

सकेसम्म दैनिक एक्ससाइज गर्छु । वाक गर्छु । वाक गर्न नपाएमा आफ्नै निवास आसपासका खाली जग्गामा एक्सरसाइज गर्छु ।

खानपानमा सचेत छु

म खानामा साह्रै कन्सस छु । प्रायः जंकफुड खाँदिनँ । उसिनेका तरकारी खान्छु । कोल्डड्रिंक्सका ठाउँमा जुस पिउँछु । फलफूल मेरो प्राथमिकतामा पर्छन् । मासुमा भन्दा बढी म माछामा फोकस गर्छु । नियमित पानी पिउँछु ।

हर’र फिल्म खेल्दा ड’रले निदाउनै सकिनँ : बेनिशा हमाल

मैले पहिलोपटक हर’र फिल्म ‘घर’मा अभिनय गर्ने अवसर पाएँ । हरर फिल्म भन्नेबित्तिकै ड’रलाग्दो हुन्छ । झन् त्यसमाथि सधैँ रातमा मात्रै सुटिङ हुन्थ्यो । मेकअप गर्दा होस् या ड्रेस चेन्ज गर्दा, पछाडि कोही उभिइरहेको छ कि, कसैले पिछा गरिरहेको छ कि भन्ने त्रा-स हुन्थ्यो ।

‘ब्लाइन्ड रक्स’ र ‘चंगा चेट’ फिल्ममा मैले अर्पण थापासँग अभिनय गरेकी थिएँ । ‘घर’मा उनकै निर्देशनमा काम गरेँ । कहिलेकाहीँ बिहानपख सुटिङ सकेर घर जाँदा डरले निदाउनै सक्दिनथेँ । कोठमा कोही लुकेको छ कि भन्ने लाग्थ्यो । कतैबाट सानो आवाज आयो भने पनि मुटु सिरिंग हुन्थ्यो ।

सुटिङ सकिएको लामो समय भइसक्यो । फिल्म ३ साउनमा रिलिज हुँदै छ । अहिलेसम्म पनि मलाई त्यतिवेलाका कुरा सम्झिएर ड’र लाग्छ । कतै एकान्तमा एक्लै भएँ भने त त्यत्तिकै पनि मेरो सा’तो उड्छ । हामी कलाकारलाई त हरर फिल्ममा काम गर्दा यति धेरै त्रास लाग्ने गरेको छ भने दर्शकलाई झन् कस्तो लाग्ला ? म उहाँहरूको प्रतिक्रिया बुझ्न आतुर छु । फिल्ममा मेरो निकै महत्वपूर्ण भूमिका छ । त्यो जान्नलाई फिल्म नै हेर्नुपर्छ

हेरौ उनको थप तस्बिरहरु:

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….

रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।

उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् । म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

प्रकाशित मिति १४ बैशाख २०७८, मंगलवार ११:५८