यी बलिउड सेलिब्रेटी, जसको इन्गेजमेन्ट भयो तर विवाह भएन

एजेन्सी । बलिउड एक यस्तो उद्योग हो जहाँ केही न केही नयाँ समाचार आइरहन्छ । कलाकारहरुको जिवन पनि निकै विवादित हुन्छ । कलाकारहरुको प्रेम, इन्गेजमेन्ट, विवाह र डिभोर्सका कुराले सामाजिक सञ्जालमा निकै चर्चा पाउने गरेको छ । आज हामी बलिउडका ती कलाकारको कुरा गछौं, जसको इन्गेजमेन्ट त भयो तर विवाह भने हुन सकेन । हलिउड, बलिउड र कलिउडमा पनि कलाकारहरु सम्बन्धमा समस्याहरु आउने गरेका छन् ।

बलिउडका केही कलाकारहरुले आफ्नो प्रेमबारे मिडियामा खुलेरै बोल्ने गरेका छन् त कोहिले लुकाउने गरेका छन् । तर पनि कतै न कतैवाट उनीहरुको कुरा सार्वजनिक भइरहन्छ ।

बलिउडका स्टारहरु एक अर्कालाई प्रेम गरेर इन्गेजमेन्ट गरेका धेरै उदाहरण छन् । कतिको प्रेम सफल पनि भएका छन् भने इन्गेजमेन्ट गरेपनि विवाह हुन नसकेका उदाहरण पनि धेरै नै छन् । हामीले यस्ता घटना बलिउडमा बारम्बार देखेका छौं । आज हामी यस्ता केही सेलिब्रेटीका बारेमा चर्चा गर्छौं ।

सलमान खान र संगीता बिजलानी : बलिउड सुपरस्टार सलमान खानको फिल्मको बारेमा त सबैलाई चासो हुन्छ नै । उनको व्यक्तिगत जीवनको बारेमा पनि धेरैले चासो देखाइरहेका हुन्छन् । उनको विवाहको सन्दर्भमा थुप्रैपटक विभिन्न कार्यक्रमहरुमा सवाल उठ्ने गर्छन् तर सलमान विवाहको विषयमा आलटाल गरे उम्किन्छन् ।

उनी अझै अविवाहित छन् । उनीसँग धेरै हिरोइन र युवतीहरुको नाम जोडिने गरेको छ तर पनि उनले विवाह गरेका छैनन् । सन् १९९४ मा सलमान संगीता बिजलानीसँगको सम्बन्धका कारण निकै चर्चामा थियो । साथै, यी दुईको विवाहको कार्डसमेत छापिइसकेको भारतीय अनलाइनहरुले जनाएका छन् । सबै कुरा मिलिसकेको थियो, तर अन्तिम अवस्थामा उनीहरुको विवाह तोडियो ।

अक्षय कुमार र रविना टन्डन : यस लिस्टमा आउने अर्को नाम हो अक्षय कुमार र रविना टन्डन । फिल्ममा सुपरहिट जोडि अक्षय र रवीना टन्डनको प्रेम चर्चाले पनि बलिउड तातेको थियो । रवीनाले एक कार्यक्रममा मन्दिरमा आफुहरुले इन्गेजमेन्ट गरेको खुलासा गरेकी थिइन् । यस खबरले बलिउड नै तरंगीत भएको थियो । उनीहरुको प्रेमसम्बन्धले विवाहको रुप लिँदै थियो, तर जब रवीनाले अक्षय अरु युवतीसँग पनि डेटमा रहेको थाहा पाईन् तब उनले अक्षयलाई छाडिदिइन् । त्यसपछि रवीनाले अनिल थाडानीसँग विवाह गरिन् ।

अक्षय कुमार र शिल्पा शेट्टी : स्क्रीनमा धमाल गर्ने जोडि अक्षय कुमार र शिल्पा शेट्टीको प्रेम कहानी बलिउडमा निकै चर्चित छ । उनीहरुबीच लामो समय प्रेमसम्बन्ध रहेको थियो । शिल्पाले अक्षयसँग विवाह गर्न चाहन्थिन् । तर, जब शिल्पाले अक्षय र ट्वींकलबीचको प्रेम सम्बन्धबारे थाहा पाईन तब उनले अक्षयसँगको सम्बन्धलाई तोडिन्। शिल्पाले अहिले व्यापारी कुन्द्रासँग विवाह गरेकी छन् ।

अभिषेक बच्चन र करिश्मा कपुर : अभिषेक र करिश्माको जोडी बलिउडमा सबैभन्दा बढी रुचाइएको जोडी थियो । केही फिल्ममा सँगै काम गरेका बलिउड जोडि करिश्मा र अभिषेकले ५ वर्षसम्म एक अर्कालाई डेट गरेका थिए । उनीहरुले सन् २००२ को ११ अक्टोवरमा बुवा अमिताभ बच्चनको जन्मदिन पारेर इन्गेजमेन्ट पनि गरे । तर, उनिहरुको विवाह सफल हुन् सकेन जया बच्चनले अभिषेकले इन्गेजमेन्ट तोडेको जानकारी दिइन् । र उनीहरु एकअर्कासँग टाडिएका थिए । त्यसपछि अभिषेक बच्चनले ऐश्वर्या रायसँग विवाह गरे । हाल भने अभिषेक ऐश्वर्या रायसँग सुखद दाम्पत्य जीवन बिताइरहेका छन् ।

करिश्मा तन्ना र उपेन पटेल : करिश्मा तन्ना र उपेन पटेल कुनै समयमा प्रेम सम्बन्धमा थिए । उनीहरु बिग बोसको घरमा प्रेममा परेका थिए । र यो जोडिले सार्वजनिक रुपमा आफ्नो प्रेम स्वीकार गरेका थिए । उनीहरु २ वर्षसम्म रिलेशनसिपमा थिए । डान्स रियालीटि सो नच बलिए ७ मा उनीहरुले राम्रो केमेस्ट्री प्रस्तुत गरेका थिए ।

उपेनले सार्वजनिक रुपमै करिश्मालाई इन्गेजमेन्टको अंगुठी लगाइदिएका थिए । तर, केही समयको प्रेमसम्बन्ध र इन्गेजमेन्टपछि करिश्मा र उपेनको प्रेमसम्बन्धमा ब्रेक लाग्यो । पछि नीजि कारण देखाउँदै यी दुईले अलग बाटो रोजे ।

साजिद खान र गौहर खान : सन् २००३ मा फिल्म निर्माता साजिद दान र मोडल–नायिका गौहर खानले इन्गेजमेन्ट गरे । उक्त समयमा गौहर मोडल र साजिद टिभी होस्ट थिए । तर, उनीहरुले यी करालाई कहिले सार्वजनिक गरेनन् । यी दुईले केही नीजि कारण देखाउँदै इन्गेजमेन्ट तोडेको भारतीय सञ्चारमाध्यामहरुले जनाएको थियो ।

विवेक ओबरोई र गुरप्रित गिल : फिल्ममा आउनु अगाडि नै विवेक फिल्मी दुनीयाँभन्दा टाढाकी गुरप्रीत गिलसँग सम्बन्धमा थिए । उनीहरुको प्रेम मिडियामा पनि सार्वजनिक भएको थियो । सन् २००० मा विवेकले फिल्मी क्षेत्रमा प्रवेश अघि गुरप्रित गिलसँग इन्गेजमेन्ट गरे । त्यसको केही समयपछि यी दुई छुट्टिए । पछि विवेकले ऐश्वर्या राय बच्चनसँग डेट गरे । उनले सन् २०१५ मा प्रियंका अल्भासँग विवाह गरे ।

प्रकाशित मिति १४ बैशाख २०७८, मंगलवार ०५:१४