बाबुआमा जापान, होस्टलमा बसेर पढेकी छोरी श’वगृ’हमा !

प्रतिमा सापकोटाले सधैजसो शुक्रबार साँझ पनि विद्यालयको छात्राबास (होस्टल)मा साथीहरुसँगै खाना खाएकी थिइन्। उनीसँगै छात्राबासमा रहेका ४४ जना छात्रछात्राहरु भोलिपल्ट शनिबार रहेकोले छिटो उठ्नुपर्ने द’वावमा थिएनन्।

विद्यालयले छात्राबासमा रहने विद्यार्थीहरुलाई अरु दिन विहान ५ बजे नै उठाएर पढ्न लगाउने भएपनि शनिबार ६ बजेसम्म सु’त्न दिने गर्दथ्यो। गर्मी मौसम, सात बजेतिरै साँझको खाना खाएका उनीहरु छात्राबास भवन परिसरको मैदानमा केहीबेर हावा खाँदै रमाइलो गर्ने मनस्थितिमा निस्किए।

छात्राबासका वा’र्डेन परशुराम पुरीले ती विद्यार्थीहरु गीत गाउँदै नाचगान गरिरहेको हेरिरहेका थिए। प्रतिमा पनि साथीहरुसँगै नाचिरहेकी थिइन्। भोलिपल्ट शनिबार भएपनि कक्षा १० का विद्यार्थी आउँदै गरेको एसइई परीक्षाको तयारीमा थिए। अरु कतिपय कक्षाको पनि परीक्षा चलिरहेको थियो।

कक्षा ८ को परीक्षा आइतबारदेखि हुने तयारी थियो। केहीबेरको नाचगानपछि वा’र्डेन पुरीले साँझ आठ बजेतिर विद्यार्थीहरुलाई पढ्न भन्दै कोठामा पठाए। प्रतिमा र भैरहवाकी सोफिया काफ्ले रुम पा’र्टनर थिए। सबै विद्यार्थीसँगै प्रतिमा र सोफिया पनि कोठामा गएर राति साढे १० बजेसम्म पढेको पुरी बताउँछन्।

पढेर स’कुशल सुतेकी प्रतिमाले बिहान ६ बजे उठ्दा पेट दुखेको बताएपछि साथीहरुले वा’र्डेन पुरीलाई जानकारी गराए। उनलाई अस्पताल लैजान भन्दै साढे सात बजेतिरै अभिभावकलाई बोलाएर पठाइएको उनले बताए। ‘प्रतिमा वि’रामी भएपछि उनका दाइ प्रकाश सापकोटालाई बोलाएर अस्पताल लैजानू भन्दै विद्यालयबाट आठ नबज्दै पठाइएको हो’ पुरीले भने।

पुरीका अनुसार प्रतिमाले विरामी भएको भनेपछि १५ दिन पहिले पनि घर पठाइएको थियो। ‘यसअघि पनि पेट दु’ख्ने, छा’ती दु’ख्ने हुँदा अस्पताल जाने भन्दै घर गएकी थिइन्, शनिबार बिहान पनि अस्पताल गएर दिउँसो होस्टल आउने भन्दै ‘बाइबाई’ गरेर गएकी छात्राको मृ’त्युको खबरले हामी दु’खित छौं’ उनले भने।

प्रतिमालाई विद्यालयमा लिन गएका उनकै दाजु प्रकाश सापकोटाले बहिनी हेर्दा सामान्य जस्तै देखिएकोले विद्यालयबाट सिधै अस्पताल नलगी नयांमिलस्थित ठूलोबुवाको घरमा लगेको बताए। ‘बहिनी हेर्दा सामान्य नै रहेकोले घरमा लगेर पानी खान दियौं, ११ बजेतिर खाना खायौं, फेरि पे’ट र छाती दु’ख्यो भनेपछि अस्पताल लगेका थियौं’ उनले भने।

उपचारको लागि दिउँसो १ बजेतिर म’णिग्रामस्थित क्रिमसन अस्पतालमा पुर्याइएको थियो। अस्पतालले प्रतिमाको मृ’त्यु भइसकेको बतायाे । तर उनको मृत्यु के कारणले भयो भन्ने अहिलेसम्म पत्ता ला’ग्न नसकेको अस्पतालले जनाएको छ। प्रतिमाको मृ’त्युपछि शनिबार आ’क्रोशित समूहले उनी अध्ययनरत प्यारामाउण्ट बोर्डिङ स्कुलमा तो’डफोड र विद्यालय संचालकहरुमाथि हा’तपात समेत गरेको थियो।

कोरोना महामारीको बीचमा विद्यालय ब’न्द नगरी छात्राबासमा विद्यार्थी राखेको र सोही कारण छात्राको मृ’त्यु भएको मृतकका आफन्तले आरोप लगाएका छन्। यद्यपि प्रतिमाको स्वा’व परीक्षण गर्नेतर्फ कसैले चासो दिएका छैनन्। आ’क्रोशित स’मूहले विद्यालयका तीन वटा बस तो’डफोड गर्नुको साथै विद्यालय व्यवस्थापन समितिका अध्यक्षमाथि अ’भ’द्र व्य’वहार गरेका थिए।

प्रतिमाले दुई तीन दिन अगाडि विरामी भएको भने पनि विद्यालयले आफूहरुलाई ढि’लो जानकारी गराएको परिवारको गु’नासो छ। नातामा प्रतिमाका दाजु पर्ने भास्कर भण्डारीले बहिनीले साथीहरुसँग दुई तीन दिन अगाडिदेखि नै पेट दु’ख्यो भनेको बताएका छन्।

तर वा’र्डेन पुरीले भने प्रतिमा शुक्रबार साँझ साथीहरुसँगै नाचगान गरेको र आफू वि’रामी भएको शनिबार विहान मात्रै जानकारी गराएपछि एक घण्टाभित्रै दाजुलाई बो’लाएर अस्पताल लैजान पठाएको बताए। प्रतिमाको मृ’त्यु भएपछि स्वाव परीक्षण गरिएका छात्राबासका अरु विद्यार्थीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ।

छात्राबास वा’र्डेन पुरीले होस्टलमा सँगै रहेकी प्रतिमाको शं’कास्प’द मृ’त्युपछि शनिबार नै त्यहाँ रहेका सबै विद्यार्थीको स्वाव संकलन गरिएको र आइतबार सबैको रिपोर्ट नेगेटिभ आएको बताए। विद्यार्थीहरुको रिपोर्ट नेगेटिभ आएपछि आइतबार अभिभावक बोलाएर सबैलाई घर पठाइएको पुरीले जानकारी दिए।

तिलोत्तमा नगरपालिकाले आइतवारदेखि नै न’गरक्षेत्र भित्रका सबै शैक्षिक संस्थाहरु ब’न्द गरेपछि विद्यालय पनि आजैदेखि ब’न्द गरिएको छ। उता प्रतिमाको श’व भने कोरोना परीक्षणबिनै लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको श’वगृ हमा राखिएको छ ।

प्रतिमाका दाजु प्रकाश सापकोटाले बुवाआमा बाहिर रहेकोले स्वाव परीक्षण गर्दा रिपोर्ट कोरोना पोजेटिभ आए श’वगृहमा राख्न स’मस्या हुने भएकोले स्वाव संकलन नगरी राखिएको बताए। ‘बुवाआमा जापानबाट आउने तयारीमा हुनुहुन्छ, बुधवार-विहीबारसम्म आइपुग्नुहुन्छ होला त्यसपछि मात्रै स्वाब परीक्षण गर्ने सल्लाह भएको छ’ उनले भने।

रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले पनि मृ’तक बालिकाको परिवारको आग्रहमा बुवाआमा नआउंदासम्म परीक्षण बिनै श’वगृहमा राखिएको बताए। ‘को’भिड भएपनि ,नभएपनि बुवाआमा आउने बेलासम्म श’वगृहमा राखौं भन्ने परिवारको आग्रह अनुसार श’वलाई श’वगृहमा राखिएको हो’ उनले भने।

प्रतिमा र प्रकाशका बुवा डोलनाथ सापकोटा र आमा लक्ष्मी सापकोटा विगत १२ वर्षदेखि जापानमा छन् ।तीन वर्षअघि नेपाल आएका उनीहरु त्यसयता घर आएका थिएनन्। प्रतिमा छात्रावासमै बसेर अध्ययन गर्दै आएकी थिइन्। गतवर्ष देखि शुरु भएको कोरोना महामारीका कारण ब’न्द गरिएको छात्रावासलाई विद्यालयले पछिल्लो दुई महिनादेखि मात्रै संचालनमा ल्याएको थियो।

प्रतिमा पनि पछिल्लो पटक दुई महिनादेखि छात्रावासमा बसेर अध्ययन गर्दै आएकी थिइन्। वा’र्डेन पुरीले कोरोनाको संक्रमण केही सामान्य बन्दै गएपछि विद्यार्थी तथा अभिभावकको आग्रहमा दुई महिनादेखि छात्रावासमा विद्यार्थी राख्न थालिएको बताए।

गुल्मीको चन्द्रकोट गाउँपालिका वडा नं. ८ साविक तु’राङ्ग गाविसको झु’र्मु गाउँमा जन्मिएकी १५ वर्षीया प्रतिमा नर्सरीदेखि नै सोही विद्यालयमा अध्ययनरत थिइन्। उनका दाजु प्रकाश पनि सोही विद्यालयको छात्रवासमा बसेर एसएलसी दिएका थिए।

यता छात्राको मृ’त्यु र त्यसपछि विद्यालयमा भएको तो’डफोड तथा हा’तपातको विषयमा छानविन गर्न तिलोत्तमा नगरपालिकाले छा’नविन समिति ग’ठन गरेको छ। नगरप्रमुख एवं सिसिएमसी संयोजक बासुदेव घिमिरेको अध्यक्षतामा आइतबार बसेको बैठकले छात्राको नि’धनप्रति दुः’ख व्यक्त गर्दै सो घ’टनाको विषयमा तीन दिनभित्र प्रतिवेदन पेश गर्नेगरी समिति ग’ठन गरेको हो। सेतो पाटि

प्रकाशित मिति १३ बैशाख २०७८, सोमबार ०७:५०