एकान्तवासमा शाकाहारी भोजन राम्रो

विश्वभर महामारीका रुपमा फैलिरहेको कोरोनाबाट हुन सक्ने सं’क्रमण रोकथापका लागि सरकारले गरेको आग्रहलाई अ’टेर गर्नुहुन्न भन्ने तथ्य नेपालमा पनि पुष्टि भइसकेको छ ।
विश्वभर कोरोना भाइरसको म’हामारी फैलिएको आज ९० दिन पुग्दा हाम्रो देशमा पाँच जनामा कारोनाको सं’क्रमण देखिएको पुष्टि भइसकेको छ । झलै यहाँ म’हामारीको रुपधारण गरिसकेको छैन ।

नेपालमा यो रोग विदेशमा रहेका नेपालीका कारण फैलिरहेको छ । यसबाट जोगिन सरकारले जनताको स्वास्थ अवस्थालाई ध्यानमा राख्दै एकान्तवासमा बस्न अनुरोध गरेको छ । एकान्तवासम रहँदा व्यक्तिगत स्वास्थ्यलाई विशेष ध्यान, ड र, त्रा’समा नरही संयमित बन्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पटक–पटक अनुरोध गर्दै आएको छ । विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)ले कोरोना भाइरस रोगलाई म’हामारीको सूचीमा सूचीकृत र विश्व आपतकालीन अवस्थाको घोषणा गरेको समयमा सरकारको आदेश पालन गर्नु जिम्मेवार नागरिकका कर्तव्य हुन्छ ।

सरकारले चैत ११ देखि १८ सम्म आम नेपालीलाई आ–आप्mना घरमा एकान्तवासमा बस्न आग्रह गरेको हो । सोहीअनुसार झण्डै तीन करोड नेपाली अहिले एकान्तवासमा छन् । एकान्तवासबाट ज’बर्जस्त बाहिर निस्कन खोज्नु, जाँ’डरक्सीको सेवन गर्दै मात्तिएर सडकमा हिँड्नु, शान्ति सुरक्षामा खटिएका प्रहरीलाई अ’टेर गर्नु, एकान्तवासबाट बाहिर गई एकापसमा जम्मा हुनु र जु’वातास तथा क्यारिम बोर्ड खेल्नु पनि सरकारलाई अ’टेर गरेको ठर्हछ ।

धार्मिक ग्रन्थ निर्णयसिन्धुले एकान्तवासमा बस्दा हल्का खानेकुरा जस्तै– फलफूल, सागसब्जी, गेडागुडी, टुसा उम्रेका अन्न, जौँको सातु, अन्नबालीबाट तयार गरिने झोलिलो पदार्थ (सुप) खान सुझाएको छ । एकान्तवासमा बस्दा शारीरिक परिश्रम नपर्ने भएकाले अनावश्यक पोषिलो खाद्यान्न खादा शरीरलाई अनावश्यक बोझ हुने र पचाउन गाह्रो पर्ने भएकाले कब्जियत रोगको शिकारबाट जोगिन हल्का र पचाउन सजिलो हुने प्रकृतिका खाद्यान्न खाना चिकित्सकले सुझाव दिएका छन् ।

शीर मेमोरियल अस्पतालका चिकित्सक डा.अमिश कार्कीले कोरोना भा’इरस स’ङ्क्रमण हुँदैमा मानिसको मृ’त्यु नहुने तर कोरोनाका भा’इरसलाई विस्थापित गर्न शरीरमा प्रतिरोधात्मक शक्ति वृद्धि हुने प्रकृतिका खाद्यान्न खानुपर्ने सुझाव दिएका छन् ।

एकान्तवासमा रहँदा शाकाहारी खाना खानु स्वास्थ्यका लागि राम्रो हुने बताउछिन् । शाकाहारी भोजनमा रोगसँग लड्ने क्षमता ज्याँदा हुने, शाकाहारी खाना छिटो पच्ने, कोल्स्ट्रोल, मधुमेह तथा कब्जियत हुन नदिने जसका कारण मुटु, उच्च रक्तचाप तथा मिर्गोलालाई फाइदा पुग्दछ भन्छिन् ।

श्वासप्रश्वासबाट कोरोना भा’इरस छिटो सर्छ । यस्ले बूढापाक, मधुमेह, मुटुरोगी तथा मिर्गोलाका रोगीलाई तत्काल असर गर्ने भएकाले समेत शाकाहारी भोजन फाइदाजनक हुने बताइन्छ । साथै रोगसँग ल’ड्नसक्ने प्रतिरोधात्मक शक्ति बढाउन कागती, सुन्तला, अमला, गोलभेडा, काउली ब्रोकाउली तथा झोलिलो पदार्थ प्रशस्त खान चिकित्सकहरुले थप सुझाव दिएका छन् ।

डिसेम्बरको अन्तिम दिन चीनको वुहान शहरमा पहिलोपटक नयाँ भा’इरस भेटिएको चिकित्सकहरुले चीन सरकारलाई जानकारी गराइएका थिए ।
जनवरी–३ मा ४४ व्यक्तिमा यो रोग एकैपटक देखिएपछि जनवरी ७ बाटै चीन सरकारले उपचारमा तदारुकता देखाउँदै बिमारीलाई आइसोलेसनमा राखेर उपचार शुरु गर्‍यो । स’ङ्क्रमण देखिएको सात दिनमै चीनले कडा सुरक्षाका बीच वुहान ल’कडाउन गरेर उपचार थाल्दा बेइजिङ, साङ्घाई, गुयोन्जडोङमा कोरोना फैलिसकेको थियो ।

फलस्वरुपः चीनले कडारूपमा जनतालाई निगरानीमा राख्यो र त्यहाँ जनताले सरकारको आदेश पूर्णरूपमा पालना गरेअनुसार हाल चिनियाँ जनतामा नयाँ कोरोना भा’इरस देखिएको छैन । हाल चीनमा देखिएको नयाँ स’ङ्क्रमण चिनियाँ जनतामा नभई अन्यत्रबाट आएका नागरिकमा देखिएको हो ।

डब्लुएचओले जनवरी ११ र १२ मा चीनको स्वास्थ्य आयोगसँग परामर्श गर्दा आयोगले वुहानस्थित सामुद्रिक खाद्यान्न बिक्री केन्द्रमा भेला भएका ग्राहकमा कोरोना भा’इरस देखिएको हुनसक्ने अनुमान गरेका थिए । कोरोना भाइरस फैलिएको २३ दिनपछि अर्थात् जनवरी २३ मा डब्लुएचओले स्वास्थ्य आ’पतकाल घोषण गर्दासम्म विश्वमा सतर्कता र सावधानीको सन्देश प्रवाह भइसकेको थियो ।

कोरोना भा’इरस म’हामारीकै रुपमा फैलिरहेको छ । मार्च २९ (आज) तीन हजार पाँच सय सात को मृ’त्यु, ६६ हजार ६ सय एक नयाँ स’ङ्क्रमण, २५ हजार चार सय १२ को अवस्था चि’न्ताजनक देखिएको तथ्याङक वल्र्ड मिटरले सार्वजनिक गरेको छ । वल्र्ड्मिटर संयुक्त राष्ट्रसङ्घ (युएन) विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) खाद्य र कृषि सङ्गठन (एफएओ) तथा अन्तर्रा्ष्ट्रिय मुद्राकोष (आइएमएफ) का विज्ञसमूह सहभागी रहेको संस्था हो । यस संस्थाले विश्वका विभिन्न तथ्याङ्क सार्वजनिक गर्ने गर्दछ ।
–रासस

प्रकाशित मिति १६ चैत्र २०७६, आईतवार ०५:२९