रियाशा दाहालको सुन्दरता १० तस्विरमा हेर्नुहोस् ( फोटो फिचर )

निकै कम समयमा एकपछि अर्को गर्दै हिट म्यूजिक भिडियोहरुमा आफ्नो दमदार प्रस्तुति दिएर यतिबेला सर्वाधिक चर्चामा आएकी मोडल तथा कलाकार हुन् रियाशा दाहाल ।

उनले अभिनय गरेका म्यूजिक भिडियोहरुलाई दर्शकहरुले एकदमै माया दिइरहेका छन् । न दिउन पनि कसरी उनको अभिनय र सुन्दरताले सबैलाई लोभ्याएको छ ।

राम्रीमा एकदमै राम्री र अभिनयमा पनि धेरै प्रतिभा भएकी रियाशालाई अहिले निर्माण पक्षहरु उनलाई म्यूजिक भिडियोमा अभिनय गराउन ओइरिएका छन् ।

उनले धेरै म्यूजिक भिडियोहरुमा चर्चित नायक पल शाहको साथमा अभिनय गरेकी छिन् । दर्शकहरुले पल र रियाशाको जोडीलाई एकदमै मन पराएर ‘परी जोडी’ नाम दिएका छन् ।

रियाशाको अभिनय आगामी म्यूजिक भिडियोमा पल शाहसँगै रहेको छ । पल र रियाशा एक काठे लोक दोहोरी गीतमा बेहुला बेहुलीको रुपमा प्रस्तुत हुँदै छन् ।

उनले हालै चलचित्र ‘लक्ष्मी पुजा’ मा पनि आफ्नो अभिनय प्रस्तुत गरेकी छिन् । यो चलचित्र आउँदै गरेको दशै तिहारलाई लक्षित गरि विभिन्न टि.भि च्यानलहरुमा प्रदर्शन गरिदै छ ।

प्रकाशित मिति ११ बैशाख २०७८, शनिबार ०३:०८