१८ वर्षकी भइन् अजय–काजोलकी छोरी, ड्रेसिङ सेन्सले बनायो ट्रोलको शिकार

एजेन्सी । अजय देवगन र काजोलकी छोरी न्यासा १८ वर्षकी भइन् । अजय र काजोल दुबैले न्यासालाई सामाजिक सञ्जालमार्फत जन्मदिनको बधाई दिएका छन् ।

‘प्यारी न्यासालाई जन्मदिनको बधाई । यस्तो तना’वपूर्ण माहोलमा यस्तो सानो–सानो खुसीले राम्रो ब्रेक दिन्छ’ काजोलले लेखेकी छिन्,‘जब तिमी जन्मिएकी थियौं, म निकै न’र्भस थिएँ । तिमीलाई हुर्काउनु स्कुलको परीक्षा सरह थियो । अब तिमी ठूलो भइसकेकी छौ । आफ्नो शक्तिको प्रयोग राम्रो कामका लागि गर्नु ।’

सिंगापुरमा पढ्छिन्
अजय र काजोलका दुई बच्चा न्यासा र युग छन् । २० अप्रिलमा जन्मिएकी न्यासा सोशल मिडियामा निकै सक्रिय छिन् । न्यासाको सोच फिल्ममा अभिनय गर्नेतर्फ छैन । विश्वविख्यात सेफ बन्ने उनको सपना छ । स्वीमिङकी सौखिन न्यासा अहिले सिंगापुरमा पढ्छिन् ।

आफ्नो लुक्स र ड्रेसिङ सेन्सका कारण प्राय सामाजिक सञ्जालमा उनी ट्रोलिङको शि’कार भएकी छिन् । यसबारे अजयले पनि एक पटक आफ्नो आ’क्रोश व्यक्त गरेका थिए । ‘ट्रोलिङबाट न्यासामात्रै नभएर पूरै परिवार प्रभावित हुन्छ ।

मलाई लाग्छ कि मानिसहरु कहिलेकाँही आफ्नो गरिमा भुलेर ब’कवास काम गर्छन् । यी कस्ता मानिस हुन्, जसका ह’र्कतको मूल्य हामीले चुकाइरहेका छौं । म पापाराजीहरुलाई आग्रह गर्छु कि उनीहरुले हाम्रा बच्चालाई एक्लै छाडुन् । अभिभावक प्राख्यात हुनुको मूल्य बच्चाले किन चुकाउने ? मलाई लाग्दैन कि कुनै पनि स्टारकिड पापाराजीदेखि खुसी हुन्छ । उनीहरुलाई आफ्नो स्पेस चाहिन्छ ।

उनीहरु हरेक समय तयार भएर घरबाट निस्कन चाहदैंनन्, यो निकै खराब कुरा हो ।’

प्रकाशित मिति ९ बैशाख २०७८, बिहीबार ०५:५७