भारतको तर्फबाट मिस इन्टरनेसनल विजेता रेवतीको १५ तस्विरमा हेर्नुहोस् (फोटो फिचर)

चर्चित उपन्यास समरलभमा आधारित फिल्म ‘समर लभ’ बनेको छ । जसमा सायाको भुमिकामा छिन नायिका रेवती क्षेत्री । यहि भुमीकाबाट उनको सामाजिक संजालमा चर्चा चलेको छ । उनी धेरै जस्तो सामाजिक संजालमा संक्रिय रहन्छिन् ।

नायिका रेवती क्षेत्रीले अभिनय गरेको फिल्म ‘समर लभ’ ले चर्चा पायो तर ब्यवसायिका रूपमा सफल हुनभने सकेन । यो फिल्ममा उनी सुविन भट्टराईको उपन्यास ‘समर लभ’ की प्रमुख पात्र सायाको भूमिका निभाएकी थिइन् । फिल्मपछि उनको राम्रो चर्चा भयो तर त्यसपछि भने कुनैपनि फिल्ममा उनी देखिएकी छैनन् ।

नेपाली फिल्म अभिनयमा ‘समर लभ’ उनको डेब्यु फिल्म हो । तर अभिनयमा डेब्यु भने उनले मुम्बईबाट गरेकी हुन् । भारतीय फिल्ममा उनले ‘ग्या’ङ्ग्स अफ नर्थवेस्ट’, ‘खातुन’, ‘ह्याप्पी फिर भाग जाएगी’ जस्ता काम गरिसकेकी छन् ।

रेवती भारतको तर्फबाट मिस इन्टरनेसनल विजेता पनि हुन् । त्यसपछि मोडलिङ सुरु गरेकी उनीसँग त्यहाँको थुप्रै र्याम्प सो र केही विज्ञापन चलचित्रमा काम गरेको अनुभव पनि छ । चर्चित कृतिमा काम गर्न पाएकोमा आफूलाई भाग्यमानी ठानेको बताउने रेवती का निकै हट तस्बिर समेत देख्न सकिन्छ ।

सामाजिक सञ्जालमा भने रेवती हिट छिन् । उनले शेयर गर्ने बोल्ड तस्वीरले चर्चा कमाउने गर्छ । मोडलिङको दुनियाँमा रमाएकी रेवतीको फिगरको समाजिक संजालमा निकै चर्चा हुनेगर्छ । उनी सामाजिक संजलमा निकै हट तस्बिर शेयर गर्ने गर्छिन जहाँ उनका फ्यानले उनको सुन्दरतको प्रशंसा गरिहेको देख्नसकिन्छ ।

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….
रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् ।

म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

प्रकाशित मिति ८ बैशाख २०७८, बुधबार १५:५७