सुन्दरी नायिका राकुलका यी १६ बोल्ड तस्बिर जसले युवाहरूलाई लठ्ठै पारीरहेको छ (फोटो फिचर)

तलेगु र तमिल फिल्मकी सफल अभिनेत्रीले छिमेकीहरुले उनको कपडालाई लिएर जर्ज गर्ने गरेको बताएको छिन् ।

आमाको मुख हेर्ने दिनमा आमासँगको तस्विर राख्दै उनले मेरो कपडाले मेरो चरित्रबारे बोल्दैन भनेर बताएकी थिइन् । उनको कपडा र उनको केरियरलाई लिएर छिमेकी र आफन्तले मजाक बनाउँला उनको आमाले समर्थन गरेको उल्लेख गरेको छिन् ।

हुन त हाम्रो समाजमा अहिले पनि कपडा र चरित्रलाई मापन गर्ने गरिन्छ । तर राकुल अरु भन्दा भिन्न स्वभावकी छिन् । मनमा लागेको कुरा भन्दिहाल्छिन् ।

१८ वर्षको उमेरदेखि मोड्लिङमा लागेकी उनी दक्षिण भारतकी सफल अभिनेत्रीको रुपमा चिनिन्छिन् । २०११ मा उनी मिस इन्डियामा सहभागी भएकी थिइन् ।

पव्लिक च्वाइस, मिस फ्रेस फेस, मिस ट्यालेन्ट, मिस व्युटिफुल स्माइल र मिस व्युटिफुल आइजको उपाधी आफ्नो पोल्टामा पार्न सफल भइन् । उनी तलेगु र तामिलमात्र हैन बलिउडमा पनि आफ्नो अभिनयको छाप छाडिसकेको छिन् ।

राकुल सानैदेखि खेलकुदमा बढी रुचि राख्थिन् । तर, खेलकुदमै अगाडि बढिरहेको समयमा उनी मोडलिङमा प्रवेश गरिन् । यसमा, उनको परिवारको ठूलो सहयोग छ ।

राकुल भन्छिन्–‘मेरी आमाको प्रेरणाको कारण म मिस इन्डियाका लागि पनि तयार भइसकेकी थिएँ । तर, पछि चलचित्रमा लागें।’

राकुल, एउटा कलाकारलाई खुलेर अभिनय गर्नका लागि परिवारको साथ ठूलो कुरा हुने बताउँछिन् । राकुल नायक जोन अब्राहिमसँग चलचित्र ‘एट्याक’मा देखिँदैछिन् ।

हामिले राकुलका केहि हट तस्बिर यहाँ प्रस्तुत गरेका छौँ ।

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….
रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।


चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् ।

म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

प्रकाशित मिति ८ बैशाख २०७८, बुधबार ११:१९