लकडाउनमा हेर्नुहोस् ‘पन्चे बाजा’, युट्युबमा भयो रिलिज

विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड–१९)को उच्च जो’खिम रहेका कारण सरकारले लकडाउनको घोषणा गरेपछि सबै क्षेत्रहरु प्रभावित भएका छन् । नेपाली फिल्म पनी यसवाट अछुतो रहने सवालै भएन । विशुद्ध चलचित्रको मात्र कुरा गर्ने हो भने नेपालमा चलचित्र घर (सिनेमा हल) बन्द भएपछि सबै चलचित्र उद्योगले धेरै नोक्सानी बेहोर्नुपरेको छ ।

वि। सं. २०७६ साल नेपाली चलचित्र उद्योगलाई राम्रो भएनभन्दा फरक पर्दैन । देशभरका १४१ हल बन्द भएका छन् । हल मात्र बन्द भएका छैनन्, दर्जनौँ चलचित्र प्रभावित बनेका छन् । नेपाली चलचित्र क्षेत्र २०५८ देखि ६० को बीचमा स’ङ्कटपूर्ण अवस्थाबाट गुज्रेको थियो । विश्वभरका हलिउड र बलिउड फिल्मले रिलिज मिति स्थगित गरेका छन् ।
र यो लकडाउन घरमै वसेर पनी विभिन्न सृजनात्मक क्रियाकलाप र घरपरीवार संग बसेर मनोरञ्जन लिन पनी सक्छौ ।

यसै क्रममा नेपाली कथानक चलचित्र ‘पन्चेबाजा युट्युबमार्पत देखाइएको छ। चलचित्रमा सौगात मल्ल,कर्म, बुद्धि तामांग, जस्मिन श्रेष्ठ, सिर्जना सुब्बा, प्रकाश घिमिरे अभिनित फिल्म ‘पन्चे बाजा’ युट्युबमा रिलिज गरिएको छ । घनश्याम लामिछानेको निर्देशन रहेको फिल्मको पटकथा प्रदिप भारद्वाजले लेखेका हुन् । फिल्ममा जेशन कुँवर (नाइट ब्याण्ड) को पार्श्व संगीत, हरि घले लामाको छायांकन, दिर्घ खड्काको सम्पादन, राजकुमार उप्रेतीको द्व’न्द रहेको छ । फिल्मका निर्माता राजेश शाही हुन् ।
हेर्नुहोस फ़िल्म: ‘पञ्चेबाजा’

 

प्रकाशित मिति १४ चैत्र २०७६, शुक्रबार १२:२५