यी हुन दाँत र कपाल नभएकी मोडल (फोटो सहीत)

काठमाडौं – हामिहरुका विभिन्न इच्छा हुन्छन्, तर विभिन्न कारणले सबै इच्छाहरु पुरा हुन पाउदैनन् । हामिहरुलाई चाहेमा जस्तोसुकै समस्या आइपरेपनि काम पूरा गर्न सक्छौं । यस्तै एक मोडलले आफ्नो असम्भव चाहाना पुरा गरेकी छिन् । आज हामि यस्तो मोडलको बारेमा कुरा गर्दैछौ, जसको दाँत र कपाल नै छैन ।

मोडल भन्ने बित्तिकै हामिले सुन्दर शरिर र विभिन्न प्रतिभा भएको भन्ने मान्छौ । तर २७ वर्षकी मेलैनी गेडासले आफ्नो मोडल बन्ने इच्छालाई पुरा गरेकी छिन् । उनको टाउकोमा कपालका रौ र मुखमा दाँत छैनन् ।

कनेक्टिकटमा बस्ने गेडास एक दुर्लभ रोगबाट पि’डित छिन् । रोगकै कारण उनको कपाल, नङ, रौ र साना हट्टीहरुको विकास हुन पाएको छैन । उनले जन्मदेखि नै जेनेटिक डिसअर्डर झेलीरहेकी थिइन् ।

उनलाई बाइलिटरल क्लेफ्ट प्लेट र एलोप्सिया पनि छ जसले गर्दा उनको कपालको प्राकृतिक वृद्धि पनि रोकिन्छ । यस्तो समस्या भएपनि उनले मोडलिगमा कोशिश गर्ने सोच बनाइन् ।

उनलाई मोडलिगको लागि साथिले सहयोग गरिन् । साथीको हौसलाले मेलैनीले मोडलिग शुरु गरिन् । न्युर्योकको प्रेट इस्टिट्युटबाट अध्ययन गरेकी मेलैनीले आफ्नो रोगको बारेमा चिन्ता गर्न छाडिन् ।
भिडीयो हेर्नुहोस

प्रकाशित मिति ८ बैशाख २०७८, बुधबार ०८:०२