नेपाली अभिनेत्रीहरु कसले कति पढेका छन् ? (फोटो सहित)

काठमाडौँ । नेपालि चलचित्रका अभिनेत्रि तथा अभिनेता हरुको पढाइ को बारेमा जान्ने कौतुहलता सबै मा हुने गर्दछ ! आफुलाई मन पर्ने अभिनेता अभिनेत्री ले कति पढ्या होला भन्ने जिज्ञासा हुन सक्छ !

आज हामि नेपाली चलचित्र का केहि अभिनेत्री तथा मोडल को पढाइ को बारेमा चर्चा गर्दै छौ ! कुनै बेला नेपालि फिल्मी क्षेत्रमा अभिनेता अभि’नेत्री हरुले कम पढेको भन्दै धेरै नै आलोचनाहरु भैरहन्थ्यो !

तर अहिले पछिल्लो समयमा चलचित्र क्षेत्रमा धेरै पढेलेखेका नयाँ अभिनेता अभिनेत्रीहरू नेपाली फिल्मी जगमा राम्रो आकर्षण रहेको छ । नेपाली सने क्षेत्रमा केही यस्ता अभिनेत्रीहरू पनि रहेका छन् जो पढाइमा पनि उत्तिकै अब्बल रहेका छन् ।

केही अभिनेत्रीहरू विभिन्न कारणहरूले पढ्न नपाएपनी पनि चलचित्र क्षेत्रमा भने राम्रो सफलता पाइरहेका छन् । अभिनेत्री करिश्मा मानन्धरले ८ कक्षा पढेपछी पढ्ने फुर्सद नै पाइनन् । उनी सिने क्षेत्रमा धेरै व्यस्त भइन् ।

नेपाली चलचित्र क्षेत्रमा सुपर हिट फिल्महरू दिएकी करिश्माले फेरी आफ्नो पढाइलाई निरन्तरता दिएकी थिइन् । भर्खरै मात्र एसइइ दिएकी उनले प्लस टु पढ्ने विचार समेत गरेकी छिन् ।उनले हालै एसइईको परिक्षामा बि प्लस ल्याइ उत्तिर्ण समेत भएकी छिन् ।

उनले अध्ययनलाई गहनताका साथ लिएको बताउँछिन् । एसइई उत्तिर्ण उनले व्यवस्थापन संकायमा भर्ना गर्ने सोच बनाइसकेकी छिन् । त्यस्तै अन्य अभिनेत्रीहरुको पढाइ कति छ त ? हेर्नुहोस

वर्षा शिवाकोटीः स्नातक (बिबिए बिआई)

रिमा विश्वकर्माः स्नातक (बिए)

सञ्जिता लुइटेलः स्नातकोत्तर (एमए)

ऋचा शर्माः स्नातकोत्तर (एमए)

केकी अधिकारीः स्नातकोत्तर (एमबिए)

बेनिसा हमालः स्नातकोत्तर (एमए)

प्रियंका कार्कीः स्नातक (फिल्म डेभलभमेन्ट)

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….
रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् ।

म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

प्रकाशित मिति ८ बैशाख २०७८, बुधबार ०२:४८