यी ४ सेलिब्रेटी प्रियंका, ऋचा, गरिमा र रक्षा आमा बन्दै, सार्वजनिक गरे तस्वीर

काठमाण्डौ । पछिल्लो समय नेपाली कलाकार तथा अभिनेत्रीहरू आमा बन्ने समाचारले सामाजिक सञ्जाल तातेको छ ।अभिनेत्री प्रीयंका कार्की, ऋचा शर्मा, गरिमा पन्त र रक्षा श्रेष्ठ आमा बन्दै छन्। यी ४ जनाले नै सामाजिक सञ्जालमा तस्बिर सार्वजनिक गर्दै आफू आमा बन्न लागेको कुरा जानकारी गराएका हुन् ।

केही दिन पहिले प्रीयंका कार्कीले आफू आमा बन्न लागेको भन्दै बेबी बेबी बम्प तस्बिर सार्वजनिक गरेकी थिइन्, उक्त तस्बिर ट्रो’लको सि’कार बन्न पुग्यो ।


उनले बेबी बम्प फोटो सार्वजनिक गर्दै लेखेको स्ट्याटसका कारण ट्रो’लको सि’कार बनेकी हुन् । उनले ‘हामी गर्भवती भयौ’ भन्दै आयुष्मान् र आफ्नो तस्बिर सार्वजनिक गरेकी थिइन् ।


पियंका र आयूषमान

यस्तै नायिका गरिमा पन्त आमा बन्न लागेकी छन् । उनले यसको जनाकारी समाजिक सञ्जाल इन्स्टाग्राममार्फत दिएकी हुन् । उनले बेबी बम्पको तस्बिरसँगै आफू आमा बन्न लागेको खबर सार्वजनिक गरेकी हुन् ।

उनले श्रीमान्सँगको तस्बिर सार्वजनिक गर्दै ‘सृष्टिबाट सृष्टिकर्ता। जीवनको अर्को सुन्दर अध्यायमा प्रवेश’ लेखेकी छन्। बेल्जियम बस्दै आएकी गरिमाले हरि शर्मा थपलियासँग विवाह गरेकी हुन्।उनले २०७३ सालमा विवाह गरेपश्चात् श्रीमान्सँग बेल्जियममै बस्दै आएकी छन्।

चलचित्र झोलामा जीवन्त अभिनय गरेर चर्चा कमाएकी उनी उक्त चलचित्र पश्चात् भने अभिनयमा देखिएकी छैनन् । उनले तीन घुम्ती‚ ठुली‚ सम्झनालगायत चलचित्रमा समेत अभिनय गरेकी थिइन् ।

त्यस्तै अर्की अभिनेत्री ऋचाले नयाँवर्षको पहिलो दिन पति दीपेक्षविक्रम राणासँग सजीवनको विरुवामा पानी हाल्दै गरेको तस्वीर फेसबुकमा राख्दै आफू आमा बन्न लागेको जानकारी दिएकी छन्।

‘आमाले भन्नुहुन्थ्यो, आफ्नो सन्तान भएपछि थाहा पाउछस् । आज त्यही कुरा स्मरण आइरहेको छ । एउटा जीवनलाई गर्भमा हुर्काउने सौभाग्य पाउँदा आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन । आज आफ्नो धड्कन भन्दा कोही अरुको धड्कन म भित्र प्यारो आभास भैरहेको छ ।’ ऋचाले लेखेकी छन् ।

‘त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमानले सजीवनको रुख रोप्दैछौ । यो नयाँ जीवनको आगमन र यो रुखको अटुट साथ सधै बनिरहोस् भन्ने तपाईहरु सम्पुर्णको आर्शिवादको अपेक्षा गर्दछु । मेरी आमा पनि पर क्षितिजबाट भन्दै हुनुहुन्छ होला, छोरी आज ठूली भई ।’ उनले अगाडि लेखेकी छन् । ऋचा र दीपेक्षको २०७६ साल मंसीरमा विवाह भएको थियो।

यस्तै कलाकार तथा मोडल रक्षा श्रेष्ठ पनि आमा बन्दै छिन । भद्रगोलबाट ख्याती कमाएकी श्रेष्ठ पछिल्लो समय सोही टिमसंगै सक्किगोनि टेलिफिल्ममा अभिनय गरिरहेकी थिइन् । अभिनयमा राम्रो दक्खल रहेकी उनी आमा बन्ने भएपछि यतिबेला सबै कार्यलाई थाती राखेकी छन् ।

सामाजिक संजालमा उनले पनि बेलाबेला बेबि बम्प फोटो सार्बजनिक गरिरहेकी हुन्छिन् । उनले आमा बन्ने भएपछि ‘डान्सिङ विथ द स्टार्स नेपाल’ जस्तो ठूलो प्लेटफर्म छोड्नु परेको थियो । उनले भने आफ्नो बेबि बम्प तस्विरहरुमा आफ्ना श्रीमानलाई अगाडि ल्याएकि छैनन् ।

प्रकाशित मिति ६ बैशाख २०७८, सोमबार ०४:५१