मध्यरातमा प्रेमिका भेट्न पुगेका युवा बिहान उठ्दा ज्वाइँ बने

एजेन्सी । प्रेममा मानिस जे गर्न पनि तयार हुन्छ भनिन्छ । आफ्नी प्रेमिकाका लागि ठूला ठूला सपनाहरु बाड्ने कामसँगै प्रेमी प्रेमिकाका लागि जस्तोसुकै जोखिम उठाउन तयार हुन्छन् । यसैबीच, भारतको उत्तर प्रदेशस्थित रामपुरमा अनौठो घटना सार्वजनिक भएको छ ।

रामपुरमा आफ्नी प्रेमिकालाई भेट्न मध्यरात प्रेमिकाको घर पुगेका प्रेमी समातिएका छन् । प्रेमिकाको परिवारले उनीहरुलाई कोठामा ब’न्द गरेर कु’ट’पि’टस’मेत गरेका छन् ।

उज्यालो भएलगत्तै परिवारले ती युवकलाई प्रहरी थानामा बुझाए । तर, प्रहरी र कानुनी झ’न्झट’बा’ट बच्नका लागि एक मध्यस्थकर्ताले प्रेमी युवक र प्रेमिकाको परिवारबीच सम्झौता गारइदिएका छन् । यससँगै ती युवक परिवारको ज्वाईँ बनेका छन् ।

खासमा यो घटना रामपुरको अजीमनग। थाना क्षेत्रको मेहन्दी नगर सुमाली गाउँको भएको बताइएको छ । त्यँहा आफ्नो प्रेमिका लक्षमीलाई भेट्न पुगेका प्रेमी प्रेम सिंहसँग यस्तो घटना भएको हो । उनी प्रेमिका भेट्न राति १२ बजे उनाको घर पुगेका थिए ।

त्यसपछि रातभर परिवारबाट ‘पि’टि’एका उनी भोतिपल्ट सोही घरका ज्वाईँ बनेका हुन् । प्रहरी र कानुनी ‘झ’मे’लाबाट बच्नका लागि उनीहरुले आपसी सहमतिमा विवाह गर्ने निर्णय गरेका हुन् । उनीहरुले प्रहरी थानाको नजिकै रहेको मन्दिरमा विवाह गरेका हुन् ।

प्रकाशित मिति ५ बैशाख २०७८, आईतवार १२:१०