गाउँमा अपरिचित व्यक्तिलाई प्रवेश नि’षेध

विराटनगर । मोरङको बुढीगंगा गाउँपालिका १ को खद्रापुलमा ढाँट लगाएर गाउँलाई ल’कडाउन गरिएको छ ।

लालीगुरास टोलसुधार समुहले बुधबार विराटनगरको पूष्पलाल चोक हुँदै टंकीसिनुवारी निस्क्निे भित्री सडकमा बाँस तेर्स्याएर टोल प्रवेशमा रो’क लगाएका हुन् ।

टोल समितिको व्यानरमा कोरोनाबाट आफुलाई पनि बचाउन र अरुलाई पनि बचाउन आग्रह गरिएको छ ।

टोलसुधार समितिले अपरिचित व्यक्तिलाई टोलमा प्रवेश नि’षेध लेखिएको बोर्ड टाँसेका छन् । पुलमा ढाँट लगाएर बाहिरका मानिसलाई आवतजावतमा रो’क लगाइएको छ । टोल समितिको व्यानरमा कोरोनाबाट आफुलाई पनि बचाउन र अरुलाई पनि बचाउन आग्रह गरिएको छ ।

प्रदेश सरकारको सामाजिक विकास राज्यमन्त्री जसमाया गजमेरको निवास टोल ल’कडाउन गरिएको स्थानबाट करिव दुईसय मिटरको दुरीमा छछ । त्यसैगरी सामाजिक विकास मन्त्री जीवन घिमिरेको निवासबाट करिव पाँच सयको दुरीमा पर्छ ।

प्रकाशित मिति १२ चैत्र २०७६, बुधबार १५:१८