यी हुन् खुट्टाले विमान उडाउने संसारकै पहिलो र एकल महिला पाइलट (फोटो फिचर )

आज हामी तपाईलाई यस्तै एउटा प्रेरक प्रसंगको बारेमा जानकारी दिनेछौँ । एक महिलाका दुई वटै हात छैनन् तर पति उनी विमान उडाउँछिन् ।भन्दा तपाईंलाई विश्वास नलाग्न सक्छ, तर यो बास्तविकता हो ।

उनी खुट्टाको सहयोगमा विमान उडाउँछिन् । त्यति मात्रै होइन उनले गिनिज बुक अफ दि वर्ल्ड रेकर्डमा समेत नाम लेखाएकी छन् । उनी संसारकै एकल महिला हुन् । जसले विमान खुट्टाले उडाउँछिन् ।

उनको नाम रहेको जेसिका । उनीसँग संसारकै यस्तो लाइसेन्स छ । जो अन्य शारीरिक अशक्तता भएका मानिससँग छैन । ३६ वर्षीया जेसिका आफ्नो खुट्टाको सहयोगले विमान चलाउँछ । उनले २२ वर्षको उमेर देखि विमान चलाउन थालेकी हुन् ।उनले १४ वर्षबाट आफ्नो खुट्टाले काम गर्न थालेकी थिइन् । उनले हालसम्म २३ देशमा उडान भरेकी छन् ।

निधारबाटै थाहा हुन्छ, तपाई बुद्धिमान की जिद्दि ?

धेरै ज्योतिषीहरूले निधार हेरेकै भरमा मान्छेको भविष्यवाणी र अनेकौं रहस्य बताइदिन सक्छन् । यसमा कुनै चमत्कार छैन ।

तपाईं पनि यो कुरा जान्न सक्नुहुन्छ । समुद्रशास्त्र पढ्नुभयो भने हरेक व्यक्तिको निधारमा उसको जीवनसँग जोडिएको कुरा लेखिएको थाहा लाग्छ । ल, हेरौं न त तपाईंको निधारमा के लेखिएको छ ।

समुद्रशास्त्र भगवान् शिवका छोरा कार्तिकेयले लेख्नुभएको हो । यस शास्त्रका अनुसार निधारका रेखा र बनावट हेरेर को ज्ञानी हुन्छ, को धनी हुन्छ र कसलाई आर्थिक समस्या पर्छ सबै थाहा हुन्छ ।

निधार ठूलो हुने मान्छे बुद्धिमान् हुन्छन् । यस्ता व्यक्तिलाई धेरै विषयको जानकारी हुन्छ ।अगाडिपट्टि चुच्चो परेको निधार भएको व्यक्ति लोभी हुन्छ । भनाइको मतलब यस्तो व्यक्तिलाई धन बटुल्न खुबै मन लाग्छ। अर्काको धनसम्पत्ति देखेर यस्ता व्यक्तिले खुब डाहा गर्छन् ।

चम्किलो र चिल्लो निधार भएको व्यक्ति प्रतिभाशाली र गुणवान हुन्छ । यस्ता व्यक्तिले आफ्नो प्रतिभा र ज्ञानबाटै धनसम्पत्ति कमाउँछन् ।

प्रकाशित मिति ५ बैशाख २०७८, आईतवार ००:००