लण्डनमा भगवतीसँग भेटेकी साम्राज्ञीलाई चिन्ता !

केही समय अगाडि नायिका साम्राज्ञी राज्यलक्ष्मी शाह र निर्मात्री पूनम गौतम लण्डन पुगेका थिए । चलचित्र ‘मारुनी’को प्रदर्शनको लागि गएका उनीहरु नेपाल फर्र्किएको तीन साता भयो ।

लण्डनमा साम्राज्ञीको भेट भगवती रानाभाटसँग भएको थियो । रानाभाटले साम्राज्ञीसँग टाँ’सिएर तस्विर पनि खिचाइन् । त्यही भेटले साम्राज्ञीलाई अहिले त’नाव दिएको छ ।

‘म उहाँलाई चिन्दिन । २३ दिन अगाडि चलचित्र प्रदर्शनको शिलशिलामा उहाँलाई भेटेको थिए । त्यहाँ फोटो खिचियो । त्यती मात्रै हो ।’

किनकी, भगवती कोरोना सं’क्रमण देखिएर अस्पताल भर्ना भएकी छन् । भगवतीले स्वयम्ले सामाजिक सञ्जालमा आफूलाई संक्रमण भएको जानकारी दिएकी थिइन् ।

साम्राज्ञी आफूले भगवतीलाई त्यहीँ पहिलो पटक भेटेको बताउँछिन् । उनले भनिन्, ‘म उहाँलाई चिन्दिन । २३ दिन अगाडि चलचित्र प्रदर्शनको शिलशिलामा उहाँलाई भेटेको थिए । त्यहाँ फोटो खिचियो । त्यती मात्रै हो ।’

साम्राज्ञी अहिले पुर्णरुपमा स्वस्थ छिन् । तर पनि निश्चिन्त हुन सकिरहेकी छैनन् । आफ्नो परिवारसँग घरमै उनको समय बितिरहेको छ ।

प्रकाशित मिति १२ चैत्र २०७६, बुधबार ०९:४७