कुकुरलाई मास्क लगाउँदै यी व्यक्तिले भने :म मरुँला तर यसलाई म’र्न दिन्न ! भिडियो बन्यो भाइरल हेर्नुस्

कोरोना भा’इरस (कोभिड–१९) सं’क्रमणबाट बच्न हरेक व्यक्तिले मास्क लगाउनुपर्ने मापद’ण्ड विश्वभर नै लागू छ । यस्तो बेला भारतबाट एउटा अनौठो भिडियो सार्वजनिक भएको छ, जसमा एक जना व्यक्तिले आफूले मास्क नलगाई कोरोनाबाट बचाउन कुकुरलाई मास्क लगाइदिएका छन् ।

इन्स्ट्राग्राममा भाइरल भइरहेको भिडियोमा देखिएका व्यक्ति हिन्दी भाषामा बोलिरहेका छन् । उनले आफ्नो काँधमा मास्क लगाएको कुकुरलाई बोकेका छन् भने आफूले मास्क लगाएका छैनन् ।

भिडियोमा उनले आफ्नो नाम मोहनलाल देवांगन बताएका छन् । आफूले मास्क नलगाई कुकुरलाई लगाइएकोबारे प्रश्न गर्दा उनले भने, ‘म मरुँला तर यसलाई मर्न दिन्न । बच्चा हो मेरो । बाल्यकालबाट पालेको हुँ ।’

भिडीयो:
https://www.instagram.com/reel/CNteabBB9AZ/?igshid=nsxxl7qyicis

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा…

रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् ।
म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

प्रकाशित मिति ४ बैशाख २०७८, शनिबार १३:०२