ज्योती मगरले घरघरमा नै पुगेर ग्राहकलाई यस्तो सेवा दिने काम थालिन् (भिडीयो)

गायिका मगरले फुड डेलिभरीको अनुभव आफ्नो लागि नौलो रहेको बताइन् । कोभिडको समयमा सुरक्षित र सहज तरिकाले ‘फुडगन्ज’ ले सेवा प्रदान गरेकोमा उनले खुसी व्यक्त गरिन् । उनले भनिन्, ‘अनलाइनबाटै अर्डर र पेमेन्ट हुने भएकाले मानिसहरुको समयको पनि बचत हुन्छ । कोभिडको समयमा सुरक्षित रुपमा आफूले चाहेको जस्तो खानेकुरा पनि खान पाइन्छ । ‘फुडगन्ज’ ले एक हिसाबले पून्यको काम नै गरेको छ ।’

फुडगन्ज’ ले अहिले काठमाडौं, ललितपुर र भक्तपुरमा सेवा प्रदान गर्दै आएको छ । चाँडै राजधानी बाहिर पनि ‘फुडगन्ज’ को शाखा खोल्ने तयारी भइरहेको सिइओ थापाले बताइन् ।

उनले भनिन्, ‘लकडाउनमा सबै घरभित्रै थनिन बाध्य हुनु परेको थियो । आफूलाई मन लागेको खानेकुरा खानका लागि होटल र रेस्टुरेन्ट केही खुलेका थिएनन् । त्यही बेला फुड डेलिभरी सेवा राम्रो हुन्छ भनेर ‘फुडगन्ज’ सञ्चालनमा ल्याएका थियौं । छोटो समयमै ग्राहकको विश्वास जित्न सफल भएका छौं ।’

एन्ड्रोइड प्रयोगकर्ताले प्ले स्टोर र आइ।ओ।एस प्रयोगकर्ताले एप स्टोरबाट ‘फुडगन्ज’ डाउनलोड गरेर आफूलाई मन लागेको खानेकुराहरु अर्डर गर्न सक्ने संस्थाकी सिइओ क्रिस्टिनाले बताइन्।

उनका अनुसार, आधा घण्टामा ग्राहकको अर्डर अनुसारको खानेकुरा घरसम्म पुर्‍याइनेछ। फुडगन्ज’ ले पुलचोक र लाजिम्पाटमा आफ्नै किचेन समेत सञ्चालनमा ल्याएको छ, जसबाट ग्राहकले सस्तो र हाइजिनिक खानेकुरा पाउनेछन् ।

भिडीयो:

प्रकाशित मिति ४ बैशाख २०७८, शनिबार ०६:४४