बे‘पत्ता बनेको छोरो १९ वर्षपछि घर आइपुग्दा…

खोटाङको जन्तेढुंगा गाउँपालिका–५ चिसापानीका ३७ वर्षीय विज्ञान कोईराला बे’पत्ता भएको १९ वर्षपछि घर आइपुगेका छन्। १७ वर्षको उमेरमा २०५८ सालमा काठमाडौं सानेपाबाट बे’पत्ता भएका विज्ञान बुधबार घर आइपुगेका हुन्।

नेपालगञ्जमा भेटिएका विज्ञानलाई भाई सुवास कोईरालाले घर (हाल उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुर) पुर्‍याएका हुन्। साविकको चिसापानी–१ का कोईराला परिवार गत पुस अन्तिम साता सुन्दरपुर बसाई सरेका हुन्। लामो समयसम्म बे’पत्ता भएपछि परिवारले माया मा’रिसकेका विज्ञानको आमा देबकुमारी, भाई सुवास र कान्छी बहिनी तुलसासँग झण्डै दुई दशकपछि भेट भएको छ। वि’योगपछिको पारिवारिक मिलनले कोईराला परिवारमा खुसी छाएको छ।

लामो समयपछि घर फर्किएका कारण विज्ञानले आफ्नै आमा, भाई र बहिनीलाई ठम्याउन सकेका छैनन्। ‘घरमा सानो बहिनी छ’ भनेर नेपालगञ्चबाट चकलेट लिएर आएका विज्ञानले बिवाह गरिसकेकी बहिनी तुलसालाई पनि चिन्न सकेनन्। उनले तुलसालाई हेर्दै ‘अलि–अलि अनुहार मिल्यो तर पहाडमा मेरी बहिनी सानी छन्’ भन्ने गरेका छन्। बाल्यकालमा भाई बहिनीलाई छाडेका विज्ञानले अहिले पनि आफ्नो भाई बहिनी सानै रहेको बताउने गरेका छन्।


बे’पत्ता भएको दुई दशकपछि आमा, भाई बहिनी र बुहारीका साथमा

परिवारका सदस्यलाई ठम्याउन नसकेका विज्ञानले बितिसकेकी मावली हजुरमालाई मात्र फोटो हेरेर चिन्न सकेका छन्। उनी शा’रीरिकरुपमा मात्र नभएर मा’नसिक रुपमा समेत रोगी देखिएका छन्। ‘मेरो भाई बहिनी सानो छ पहाडमा भन्नुहुन्छ,’ सुवासले भने, ‘हामी कसैलाई पनि चिन्नु भएको छैन। बुढी भएकीले आमालाई पनि चिन्नु भएको छैन।’

मुलुकमा शस’स्त्र द्व’न्द्वको समय थियो। सेना आएर ‘माओवादी हौ भन्थे’, माओवादीका कार्यकर्ता आएर ‘सेनालाई सहयोग गर्‍यौ’ भन्थे। राज्य र बि’द्रोही पक्षको चे’पुवामा परेका विज्ञानले त्यहीबेला भारत जाने भन्दै घर छाडेका थिए। तर, उनी भारत नगइ काठ्माण्डौं पुगेको खुलेको छ। विज्ञानको भनाईमा उनी सानेपाबाट अ’पहरणमा परेका थिए।

गाडीमा आएका दुई महिला र एक पुरुषले उनलाई कम्बलले छोपेर बे’होस बनाएर बन्द कोठामा पुर्‍याएका थिए, जुन कोठाबाट बाहिरिन उनलाई दुई दशक लाग्यो। कोठामा ब’न्धक बनाइएको अवस्थामा च’रम श्रम तथा यौ’न शो’षण गरेको, या’तना दिएको विज्ञानले बताउने गरेका छन्। उनको पेट र खुट्टामा लागेको चो’टको खा‘टा अहिले पनि देखिन्छ। भेरी अञ्चल अस्पतालमा उपचार गर्दा विज्ञानको फियो निकालिएको पुष्टी भएको भाई सुवासले बताए। उनको बीर अस्पताल लगेर उपचार गर्नुपर्ने र त्यसका लागि ७ लाख खर्च लाग्ने बताइएको छ।

गत चैत २४ गते नेपालगञ्जबाट प्रकाशित हुने कालपृष्ठ दैनिकको सम्पर्कमा पुगेका विज्ञानलाई जिल्ला प्रहरी कार्यालय बाँकेले उद्वार गरेर सोही स्थानको निलसागर सेवाश्रमको जिम्मा लगाएको थियो। निलसागरले विज्ञानको निःशुल्क स्वास्थ्य जाच गराएपछि प्रहरी र पत्रकारको रोहवरमा आफन्तको जिम्मा लगाएको हो। विज्ञानलाई घरसम्म पुग्ने व्यवस्था जिल्ला प्रहरी कार्यालय बाँकेले गरेको थियो। बेप’त्ता बनेका विज्ञान र भाई सुवासको चैत २६ गते नेपालगञ्जमा भेट भएको थियो।

१९ वर्षसम्म घरबाहिर निस्कन नदिएर ब’न्धक बनाइएका बिज्ञानलाई चैत १७/१८ गतेतिर राती सुतेको बेला बे’होस पारेर काठ्माण्डौंको बल्खु आसपासको जंगलमा छाडिएको बताइएको छ। त्यसभन्दा दुई तीन दिनअघि नै ‘यसको काम छैन, लगेर फाल्नुपर्छ’ भन्ने सम्बाद सुनेको विज्ञानको भनाई उद्धृत गर्दै सुवासले बताए।

जंगलमा छाडिएपछि उनी ट्रकमा झुण्डिएर नेपालगञ्ज पुगेका थिए। आफूलाई विदेशी भाषा बोल्ने महिलाले यौ’न शो’षण गरेको विज्ञानले बताउने गरेका छन्। बुबाको २०५३ सालमा मृ’त्यु भएपछि मिना, विज्ञान, सुवास र तुलसालाई आमा देवकुमारीले लालन–पालन गरेर हुर्काएकी थिईन्। देवकुमारी हाल ६३ वर्षकी भइसकेकी छन्। उनका दिदी, भाई, बहिनी सबैको बिवाह भइसकेको छ

विज्ञानलाई अ’पहरण गरेको र ब’न्धक बनाएको विषयमा प्रहरी अनुसन्धान हुन भने बाँकी नै छ। अर्थात प्रहरी अ’नुसन्धानबाट यसको पुष्टी हुन बाँकी छ। उनले ‘थोडा–थोडा’ भन्ने हिन्दी शव्द बाहेक अन्य भाषा नेपाली मात्र बोल्ने गरेका छन्। विज्ञानलाई घर ल्याइएसँगै आवश्यक उपचारका लागि सहयोग अ’भियान सुरु गरिएको कांग्रेस जन्तेढुंगा गाउँपालिका समिति उपाध्यक्ष बाजिन्द्र बिष्टले बताए। आर्थिक अवस्था कमजोर भएकाले कोईराला परिवारले उनको उपचारका लागि सहयोगको या’चना गरेका छन्।

प्रकाशित मिति ४ बैशाख २०७८, शनिबार ०६:२८