किन सेतो कट्टुलाई स्वीट्जरल्यान्डमा जमिनमुनि रखिन्छ ?

मानिसले लगाउने भित्री लुगा कट्टुलाई शरीरमा लगाउनेबाहेक अन्य प्रयोजनामा प्रयोग गरेको खासै सुनिँदैन । तर स्वीट्जरल्यान्डमा सेतो कट्टुलाई जमिनमुनि खाल्डोमा राखिँदैछ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार माटोको गुणस्तर थाहा पाउन स्वीट्जरल्यान्डमा कट्टुलाई जमिनमुनि राख्न थालिएको छ ।

प्रयोगशाला परीक्षणबाट माटोको गुणस्तर थाहा पाइने भएपनि स्वीट्जरल्यान्डमा नयाँ विधि अपनाउन थालिएको छ । कट्टुलाई माटोमुनि राखेर केही महिनापछि हेर्दा माटोको गुणस्तरबारे थाहा हुने जनाइएको छ ।

माटोको गुणस्तर जाँच्ने कार्यक्रममा सेतो रंगका २ हजार कट्टु माटोमुनि राख्दैछन् । कार्यक्रमका प्रमुख मार्सेल फन डेय हेडनले यसअघि नै यस्तो प्रयोग क्यानडामा भइसकेको जानकारी दिए ।

सेता कट्टुलाई घाँसे मैदान, बोटविरुवाको तल राखिने छ, १ महिनापछि कट्टुलाई निकालेर हेरिनेछ । कट्टुमा धेरै प्वाल परेको भएमा माटो स्वस्थ रहेको विश्लेषण गरिने रिपोर्टमा उल्लेख छ ।

प्रकाशित मिति ३ बैशाख २०७८, शुक्रबार १०:०४