आमा बन्दै नयिका ऋचा शर्मा, लेखिन् भाबुक स्टाटस

काठमाडौं- नयिका ऋचा शर्मा आमा बन्ने भएकी छन् । उनले सामाजिक संजालमा स्टाटस लेख्दै आफु आमा बन्न लागेको कुरा जानकारी गराएकी हुन ।

उनले पति दिपेक्षसँग सजीवनको रुख रोप्दै पानी हालिरहेको तस्विर पोष्ट गर्दे लेखेकी छन् ‘आमाले भन्नु हुन्थ्यो, आफ्नो सन्तान भएपछि थाहा पाउछस् । आज त्यही कुरा स्मरण आइरहेको छ । एउटा जीवनलाई गर्भमा हुर्काउने सौभाग्य पाउँदा आज शब्दमा आफ्नो भावनाहरु पोख्न सकिरहेको छैन ।

आज आफ्नो धड्कन भन्दा कोही अरुको धड्कन म भित्र प्यारो आभास भैरहेको छ ।’एउटा जीवनलाई स्वरुप दिएर जीवन्त बनाउन पाउनु सायद साच्चै नै सौभाग्यको कुरा हो ।

त्यही प्यारो जीवनको स्वागत गर्दै घरको दैलोमा म र मेरो श्रीमान्ले सजीवनको रुख रोप्दैछौ । यो नयाँ जीवनको आगमन र यो रुखको अटुट साथ सधै बनिरहोस् भन्ने तपाइहरु सम्पूर्णको आर्शिवादको अपेक्षा गर्दछु । मेरी आमा पनि पर क्षितिजबाट भन्दै हुनुहुन्छ होला, छोरी आज ठूली भई ।’

दिपेक्ष विक्रम राणा र नायिका ऋचा शर्माले गतबर्षको वि।सं २०७६ सालको मंसिर महिनामा बिहे गरेका थिए ।

प्रकाशित मिति २ बैशाख २०७८, बिहीबार ०४:५७