लण्डनमा फिाल्म अवार्डको रेड कार्पेटमा प्रियंकाको ‘रेड ह’ट लुक’(फोटो फिचर)

आइतबार लस एन्जेल्स र लण्डनमा ब्रिटिश एकेडेमी फिल्म अवार्ड –२०२१ आयोजना गरियो । लण्डनमा आयोजित अवार्ड कार्यक्रममा ३८ वर्षे बलिउड नायिकाको रेड ह’ट अवतार देख्न पाइयो । उक्त कार्यक्रममा प्रियंका चोपडाले रातो इम्ब्रोइडरी गरिएको ज्याकेट र ट्राउजर लगाएकी थिइन् ।

प्रियंकाको उक्त लुक कार्यक्रमको थिमसँग ठिक मेल खान्थ्यो । यसपटक कार्यक्रमको थिम ‘सिलौटेज एण्ड स्टाइल्स’ राखिएको थियो ।

उक्त कार्यक्रममा रेने जेलवेगर, फोबी डिभेनर, एना केन्ड्रीकको लुक विशेष चर्चामा रहे ।

बेलायतमा आयोजित कार्यक्रममा द डुक अफ केम्ब्रिज, राजकुमार विलियम्स पनि उपस्थित हुने कार्यक्रम थियो । तर द डुक अफ एडिनबर्ग, राजकुमार फिलिप तथा विलियम्सका हजुरबुवाको नि’धन पछि उनी कार्यक्रममा उपस्थित भएनन् । राजकुमार विलियम्स बाफ्टाका अध्यक्षसमेत हुन् । उनले भिडियोमार्फत् एक भाषण दिनुपर्ने कार्यक्रम थियो ।

द डुक अफ एडिनबर्ग ९९ वर्षको उमेरमा विन्डसर क्यासलमा गत शुक्रबार निधन भयो । उनी बाफ्टाका पहिलो अध्यक्ष थिए । उनी सन् १९५९ देखि १९६५ सम्म बाफ्टासँग आबद्ध भए ।

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….

रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् ।
म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

प्रकाशित मिति ३० चैत्र २०७७, सोमबार १६:०९