यिनै हुन् एश्वेर्या राय बच्चन जस्तै देखिने पाकिस्तानी युवती, यसरी बनिन् रातारात चर्चित

बलिउड अभिनेत्री एश्वेर्या राय बच्चनजस्तै देखिने एक पाकिस्तानी युवती रातारात चर्चित बनेकी छिन्। भारतीय संचारमाध्यमले एश्वेर्या राय बच्चनजस्तै देखिने पाकिस्तानी आमना इमरानबारे प्राथमिकताका साथ समाचारहरु बनाएका छन्। टिकटक तथा इन्स्टाग्राममा उनका तस्बिर र भिडियोहरु यतिबेला निकै भाइरल बनिरहेका छन्।

एश्वेर्या रायजस्तै देखिएपछि उनको भिडियो तथा फोटोहरुमा लाइक र कमेन्ट बढ्दै गएको छ। सामाजिक संजालमा सेलिब्रिटीजस्तै देखिने मानिसहरु थुप्रै भेटिन्छन् तर आमना इमरानलाई सबैले उनी ठ्याक्कै एश्वेर्याजस्तै देखिरहेको बताइरहेका छन्।

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….
रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् ।
म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

प्रकाशित मिति २९ चैत्र २०७७, आईतवार १५:३१