टिकटक बनाउन कर्णाली पुलबाट ३ जनाले फाल हाने, १ जना बे’पत्ता

कैलाली । टिकटक बनाउन कैलालीको कर्णाली पुलबाट हा’म फा’ल्दा १ जना बे’पत्ता भएका छन् । शनिबार ३ जनाले नदिमा हा’म फालेका थिए ।

ती मध्ये लम्कीचुहा नगरपालिका वडा नम्बर २ का १८ वर्षीय सञ्जय खड्का कर्णाली नदीमा बे’पत्ता भएका हुन् । उनीसँगै नदीमा हा’म फालेका लम्कीचुहा नगरपालिका वडा नम्बर १ का १८ वर्षीय लोकेश प्याकुरेल र १७ वर्षीय वीरेन्द्र सिंहलाई सकुशल उद्दार गरिएको थियो ।

प्याकुरेल घा’इते भएका छन् । उनको नेपालगञ्जमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ । उनीहरू तिनै जना कक्षा १० मा अध्यनरत हुन् ।

टिकटक बनाउन भन्दै नदिमा हाम फालेको इलाका प्रहरी कार्यालय लम्कीमा प्रमुख प्रहरी निरीक्षक भरत शाहले जानकारी दिए । बे’पत्ताको खोजी जारी राखेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति २९ चैत्र २०७७, आईतवार ०९:२२