गर्भवती पेट देखाउने मातृत्वप्रतिको गौरव हो त  ?

नायिका प्रियंका कार्कीले केही दिनअघि आफू गर्भवती बनेको ‘खुलासा’ गर्दै ठूलो पेट देखाएर तस्बिर पोष्ट गरिन् । उनले उत्साहका साथ पोष्ट गरेको तस्बिरमा धेरै नकारात्मक कमेन्टहरु आए ।

तर, हतोत्साही नभइकन प्रियंकाले दिनहुँ आफ्नो ‘बेबी बम्प’ देखाएर सामाजिक सञ्जालमा चर्चा बटुलिरहेकी छन् । अनि, उनका आलोचक पनि नथाकिकन कमेन्ट गरिरहेका छन् ।

नायिकाले बेबी-बम्पसहितको तस्बिर यसरी पोष्ट गरेको यो पहिलो घटना भने थिएन । पछिल्ला वर्षमा महिला सेलिब्रिटीहरु गर्भवती भएपछि ठूलो भुँडी देखाएर फोटो सुट गर्ने, अनि सामाजिक सञ्जालमा पोष्ट गर्ने होड नै चलेको छ । उनीहरुले विदेशी सेलिब्रिटीको सिको गरेर यो ट्रेन्ड नेपालमा भित्र्याएको बुझ्न कठिन छैन ।

नेपाली समाजमा पहिले गर्भवती अवस्थामा बाहिर निस्कन समेत महिलाहरु लाज मान्थे । अहिले पनि धेरै महिलाहरु आफ्नो गर्भवती पेट लुकाउन खोज्छन् । तर, पछिल्लो समयमा ह्वाङ्ग पेट देखाएर तस्बिर खिचाउने अनि सामाजिक सञ्जालमा पोष्ट गर्ने शहरीया महिलाहरुमा झांगिएको छ । विदेशीको संस्कृतिको प्रभावसँगै सेलिब्रिटीहरुमार्फत भित्रिएको यो प्रचलन अहिले आम महिलाहरुले पनि अनुसरण गर्न थालेका हुन् ।

प्रकाशित मिति २८ चैत्र २०७७, शनिबार १०:२६