जया बच्चनले फिल्म सेटमै रेखाको गाला चड्काएकि थिईन

जया बच्चन आज आफ्नो ७३ औं जन्मदिन मनाइरहेकी छिन् । जया बच्चनलाई चिनाउने केही विशेषण छन् । जस्तो कि, उनी अमिताभ बच्चनकी श्रीमती हुन् । अभिषेक बच्चनकी आमा । तर बलिउडमा उनको आफ्नै चिनारी छ । बलिउडमा कहलिएकी अभिनेत्री हुन् उनी ।

जयाले १५ बर्षको कलिलो उमेरमै अभिनय सुरु गरेकी थिइन् । ७०–८० को दशकमा उनको करियर उत्कर्षमा थियो । जयाको क्रेज आकासिएको थियो ।

फिल्मी करियरमा आफ्नो छुटै साम्राज्य बनाएकी जयले आफ्नो निजी जीवनमा भने थुप्रै उतारच’ढाव भोगिन् ।

जयकी श्रीमान अमिताभ बच्चन आफैमा चल्तापूर्जा अभिनेता । करियर उत्कर्षमा छँदा उनको नाम बलिउडका केही अभिनेत्रीसँग जोडिए । खासगरी अभिनेत्री रेखासँग अमिताभको सम्बन्धले गसिप बजार तताईरह्यो । त्यसबेला अमिताभ र रेखाको जोडी आफ्ना प्रेम जीवनका लागि चर्चामा रहिरह्यो ।

भनिन्छ, उनीहरु एकअर्काको प्रेममा पागल थिए । यद्यपि यो कुरा जब जयको कानसम्म पुग्यो, तब बबाल मच्चियो । यो किस्सा फिल्म ‘राम बलराम’को सेटमा भएको मानिन्छ । फिल्ममा रेखा र अमिताभ मूख्य भूमिकामा थिए । त्यसबेलासम्म रेखा र अमिताभको सम्बन्ध छताछुल्ल भइसकेको थियो । त्यही कारण जया चाहिन्थिन् कि, अमिताभले रेखासँग काम नगरोस् ।

यसैले एकदिन अचनाक जया सेटमा पुगिन् । जब उनी त्यहाँ पुगिन्, अमिताभ र रेखा कुराकानी गरिरहेकी थिए । जयाले सबैको सामुन्ने रेखालाई थ’प्पड हानिन् । अमिताभ त्यहाँबाट चुपचाप बाहिरिए । त्यती मात्र होइन, जयाले फिल्मबाट रेखालाई निकाल्ने पुरा प्रयास गरिन् तर यो संभव भएन । यसैगरी अमिताभलाई पनि फिल्म छाड्नका लागि जयाले जबरज’स्ती गरिन् । तर, अमिताभले पनि यो कुरा स्विकार गरेनन् ।

एक अन्र्तवार्तामा रेखाले अमिताभ र जयाको विषयमा केही कुरा गरेकी थिइन् । रेखासँग जब अमिताभ र जयाको विषयमा सोधियो, तब उनले भनिन्, ‘मलाई लाग्छ कि जया आफ्ना श्रीमान अमिताभबाट असुरक्षित छैनन् ।’

प्रकाशित मिति २८ चैत्र २०७७, शनिबार ०४:०९