आफुभन्दा कान्छा अर्जुनको प्रेममा लिप्त रहेकी मलाइकाले खुलाईन अरबाजसँग सम्बन्धविच्छेदको कारण

मुम्बई । बलिउडकी अभिनेत्री मलाइका अरोडा अहिले आफु भन्दा निकै कम उमेरका अभिनेतासंग डेट गरिरहेकी छन् । उनी अर्जुन कपुरसंग प्रेममा छन् । सन् १९९८ मा अभिनेता अरबाज खानसँग विवाह गरेकी उनले १८ वर्षको वैवाहिक जिवनलाई सन् २०१७ मा समाप्त गरिन् ।

अहिले अरवाज पनि आफ्नो ब्यक्तिगत जिवनमा निकै अगाडी पुगिसकेका छन् । उनको जिवनमा पनि अर्को युवतीको प्रवेश भएको छ ।मलाइका र अरबाजका एक छोरा पनि छन् । उनी सम्बन्धवि’च्छेदको समयमा १२ वर्षका थिए । उनलाई मलाइकाको जिम्मा लगाइएको थियो ।

मलाइकाले छोराले सम्बन्धवि’च्छेदको बारेमा दिएको प्रतिक्रियाको बारेमा खुलासा गरेकी थिइन् । उनका छोराले भनेका थिए, ‘मम्मी म तपाईंलाई खुशी देखेर निकै खुशी छु ।’

छोरा अरहानले दिएको प्रतिक्रियाबारे बोल्दै मलाइकाले भनेकी छिन्, ‘छोरालाई हाम्रो सम्बन्धको बारेमा सबै कुरा थाहा थियो । हाम्रो परिस्थितिको बारेमा पनि उसलाई सबै थाहा थियो । मलाई छोरालाई बसेर सम्झाउन आवश्यकता नै परेन ।’ छोराले अर्जुन कपूरसँगको सम्बन्धलाई समेत स्वीकार गरेको खुलाएकी छिन् ।

प्रकाशित मिति २७ चैत्र २०७७, शुक्रबार १२:५२