माल्दिभ्समा ह’ट जवानीमा जानवी कपुर (१५ तस्विर सहीत)

बलिउड स्टारहरुका लागि माल्दिभ्स सबैभन्दा प्रिय देश मानिन्छ । विशेषगरि, कामको थ’कानबाट मुक्ती पाउनका लागि बलिउड स्टारहरु माल्दिभ्स पुग्छन् । विदा मनाउनका लागि उनीहरुको पहिलो रोजाइको गन्तव्य बनेको छ माल्दिभ्स ।

अब, बलिउड नायिका जानवी कपुर पनि बिदा मनाउनका लागि माल्दिभ्स पुगेकी छिन् । उनले, सामाजिक संजालमा माल्दिभ्समा रमाइलो गर्दै गरेका तस्वीर शेयर गरेकी छिन् । अस्ताउँदै गरेको सूर्यलाई पृष्ठभूमीमा पार्दै जानवीले स्विमसु’टमा तस्वीर शेयर गरेकी छिन् । जसमा, उनी निकै नै ह’ट देखिएकी छिन् ।

जानवीले आफू माल्दिभ्समा बिदा मनाउन ढिलो आएको तर यसको महत्व बल्ल वुझेको उल्लेख गरेकी छिन् । कपुर अभिनित चलचित्र ‘रुही’ यो बर्ष रिलिज भएको थियो । यो चलचित्रले बक्स अफिसमा औषत व्यापार गरेको थियो ।

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….

रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।

उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् । म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

प्रकाशित मिति २७ चैत्र २०७७, शुक्रबार १०:०१