यि हुन् भारतका अटेर नायिकाहरु, जसले हत्तपत्त निर्देशकको कुरा मान्दैनन्,

एजेन्सी – फिल्ममा निर्देशकको महत्वपूर्ण भूमिका हुन्छ । यस्तो अभ्यास बलिउडमा त झनै बढी देखिन्छ । किनकि, बलिउड निर्देशकहरू फिल्मलाई आफ्नो हिसाबले पेस गर्न चाहन्छन् । जब कुनै स्टारले निर्देशकको आदेश मान्दैन र मनोमानी काम गर्छ तब स्टारलाई सम्झाउन निर्देशकलाई निकै अ प्ठ्या रो हुन्छ ।

यहि नमान्ने नायिकामा करिना कपुर पनि र्न आउछिन् । प्रकाश झा निर्देशित फिल्म ‘सत्याग्रह’को एक गीत ‘रससे भरे तेरा नैना’मा करिना कपुरले अभिनेता अजय देवगणलाई कि स गर्न इन्कार गरिदिएकी थिइन् ।

गीतको मागअनुसार भिडियोमा दुईले ‘इन्टिमेट सिन’ दिनुपर्ने थियो । तर, करिनाले त्यो कुरा सुनेरै ‘नाइँ’ भनेकी थिइन् । निर्देशकले जति भने पनि उनले उक्त सिन दिन मानेकी थिइनन् ।त्यस्तै सुन्दरी नायिका ऐश्वर्य राय बच्चनले पनि एक पटक निर्देशकको अ फर मानेकी थिइनन् ।

फिल्म ‘जोधा अकबर’को एक सिनमा ऋतिक र ऐश्वर्यले राजा–महाराजाले खाने खानालाई साँच्चै खानुपर्ने थियो । ती सबै परिकार विदेशी घ्युबाट बनाइको थियो । तर, ऐश्वर्यले आफ्नो स्वास्थ्यको कारण देखाउँदै ती परिकार खान अ स्वीका र गरेकी थिइन् । उनले खाना नखाइदिएपछि निर्देशक स क समा परेका थिए ।

यो पनि, सलमानसँग ‘ब्रे क अप’ पछि ऐश्वर्याले गु मा एकी थिइन् फिल्म

बलिउडका सुपरस्टार सलमान खान र अभिनेत्री ऐश्वर्या रायको प्रेमसम्बन्ध निकै चर्चामा रह्यो । लामो समयसम्म सम्बन्धमा रहेर विवाह गर्ने योजनामा रहेका सलमान र ऐश्वर्याको प्रेमकहानी अधुरै रह्यो । सलमानको रिसाहा, आक्रामक र ईश्र्यालु बानीले ऐश्वर्यासँग ब्रेकअप भएको भारतीय सञ्चार माध्यमले बताउँदै आएका छन् ।

मिडिया रिपोर्टका अनुसार उनीहरुको सम्बन्धको अन्त्यतिर सलमान र ऐश्वर्याको बीचमा सार्वजनिक रुपमा नै झ ग डा परेको थियो । ‘चलते-चलते’ फिल्मको सेटमा सलमानले झ ग डा गरेका थिए । फिल्मको मुख्य भूमिकामा शाहरुख खानसँग पनि सलमान भि ड्न पुगेका थिए ।

जसको कारण फिल्मबाट ऐश्वर्यालाई निकालियो र रानी मुखर्जीलाई भित्र्याइयो । यति मात्र होइन सलमानसँग ब्रेकअपपछि ऐश्वर्याले थुप्रै ठूला फिल्महरुबाट हात धुन परेको थियो । कतिपय निर्देशक र निर्माताले आफ्नो फिल्ममा ऐश्वर्यालाई प्र ति ब न्ध लगाएका थिए ।

सलमानसँग ब्रेकअपपछि ऐश्वर्याले बलिउडमा टिकिरहनका लागि आफूभन्दा जुनियर अभिनेता विवेक ओबेरोय, अर्जुन रामपाल र प्रियांशु चटर्जीहरुसँग फिल्म खेलिन् ।

प्रकाशित मिति २७ चैत्र २०७७, शुक्रबार ०७:२८