२९ वर्षकी हजुरआमा निर्मलाको वास्तविक कथा हो यो  !

बाल्यकालमा निर्मलाको एक थान रहर थियो- अरू केटाकेटीसँगै स्कुल जाने।उनी स्कुल जान पाएकी पनि थिइन्।स्कुल जाँदा उनले एउटा सपना पनि बनाएकी थिइन्- ठूली भएर सरकारी मान्छे हुने।
कसैको जिन्दगीमा धो’को पूरा नहुँदै परिस्थितिले धो’का दिन्छ। त्यही परिस्थितिमा खुम्चिएर सपना मनको अँध्यारो सुरूङमा पस्छ।

कैलालीको गोदावरी नगरपालिका-३ की २९ वर्षीया निर्मला वादीको रहर र सपना त्यही दिन मरे जुन दिन उनले बिहे गर्नु पर्‍यो।
१५ वर्ष अघि धेरै पढ्ने रहर सुटुक्क उनले आफ्नी छोरीमा सारिदिएकी थिइन्।उनको मनले भन्थ्यो- यसलाई म पढाउँछु। जब उनकी छोरी १३ वर्ष पुगिन्, जिन्दगीले अर्कै बाटो समात्यो।
अहिले उनी हजुरआमा बनेकी छन्।

२९ वर्षकै उमेरमा हजुरआमा बन्न पाएर आफू खुसी छु कि छैन भन्ने भेउ उनले पाएकी छैनन्। आफ्नो खुसी, रहर र सपनाबारे सोच्ने फुर्सद उनलाई हुँदैन। सोच्न थालेको दिन कर्म र भाग्यमा पुगेर कुरा अ’ड्किन्छ। तर कहिले त त्यतिमा मात्र अड्किन्न, आफूहरूका पुर्खादेखि किन यस्तो नि’यति भयो भन्ने हिसाबकिताब पनि निर्मलाले गर्छिन्। जति हिसाब गरे पनि उनी भने आफूलाई घाटैमा देख्छिन्।

उनी तीन महिना हुँदा आमाबुवा डढेल्धुराबाट कैलाली झरेका थिए। उनीहरूबाटै पहाडमा कसरी जीवन धानिन्थ्यो भनेर सुन्दै हुर्किइन्।
पहाडमा पनि उनीहरूको कुनै निश्चित घर थिएन रे। आमाबुवा दिनभरि मान्छेका घरघर गएर गीत गाउँथे। गीत गाएबापत् कसैले अनाज दिन्थे कसैले पैसा। त्यसैले उनीहरूको जिन्दगी धानिन्थ्यो।
‘पुर्खाले राजाका दरबारमा नाचगान गर्थे रे, त्यसपछि गाउँका ठूलाजात भनिनेहरूकोमा। अनि गाउँभरि गीत गाउँदै अनाज-पैसा माग्ने पर्ने हालत बनेको रैछ हाम्रो,’ उनले भनिन्।थोर बहुत पढेकाले होला उनलाई वर्षौंदेखि आफूहरू लु’टिएको बोध हुन्छ।

‘पुर्खाले राजाहरूका दरबारमा काम गरे, उनलाई राजाले लु’टे, त्यसपछि गाउँका ठूला जातिले लु’टे, अहिले पनि हाम्रो हालत यस्तै छ,’ उनले भनिन्,’लुटिनै जन्मिएजस्तो।’कैलाली झरेपछि गोदावरीको खाली ठाउँमा उनीहरूले टहरा हाले। सुरू सुरूमा त यहाँ पनि आमाबुवा गीत गाउन जाने काम गर्थे। बजारमा बस्न थालेपछि ठेला चलाउने, भारी बोक्नेजस्ता काम पाइन थाले।

एकदिन उनका बुवा भारत जाने कुरा चल्यो।उनले यहाँ आएपछि आफूजस्ता मान्छेहरू कमाउन भारत गएको देखेका थिए। नभन्दै एकदिन गए।बुवा कमाउन गएपछि परिवारको गु’जारा चलाउन केही सजिलो भएको थियो। टोलटोलमा केटाकेटी स्कुल जान्थे। त्यसरी नै स्कुल जाने रहर उनमा पलाएको थियो।निर्मलालाई पनि आमाले स्कुल पठाइन्।तर, चार वर्षमै छुट्यो स्कुल।‘४ कक्षा पढ्दा मैले स्कुल छोड्नु पर्‍यो,’ निर्मलाले भनिन्।

उनका परिवारमा बाजे, बज्यै, आमाबुबासहित पाँच जना भाइबहिनी थिए। बुवा त भारत जान पनि छोडेका थिए। त्यसमाथि उनले दोस्रो बिहे गरे।परिवार बढ्दो थियो, कमाइ कत्ति थिएन।उनकी आमालाई परिवार धान्न मु’स्किल भयो। अनि दिदीहरू पैसा कमाउन भारत जान थाले।स्कुल छुटेपछि निर्मला पनि दिदीहरूसँगै भारतमा जानु पर्‍यो। एउटा घरमा भाँडा धुने, लुगा धुने, झाडु लगाउने, शौचालय सफा गर्ने काम पाइन्।

एक वर्ष त्यहाँ काम गरेर फर्किइन्। घर फर्केको केही दिनमै उनको बिहे भयो। त्यतिबेला उनी १३ वर्षकी मात्रै थिइन्।
‘बिहे गरेपछि छोरीलाई खान लाउन, सजिलो होला, श्रीमानले पाल्छ भनेर मेरो बिहे गरिदिए,’ उनले भनिन्। उनका श्रीमान् भारतमा कमाउन जान्थे। आफूभन्दा दुई-चार वर्ष जेठा पतिको घरमा गएपछि उनको जिन्दगी दु:ख सुख चलिरहेको थियो।१४ वर्षको उमेरमा उनको ग’र्भ बस्यो र १५ वर्षकी नहुँदै उनले छोरी जन्माइन्। केही वर्षमा उनका छोरा पनि जन्मिए।

यता उनी दुई सन्तानकी आमा बनिन्। उनका श्रीमानले अर्की श्रीमती ल्याए। दोस्री श्रीमतीमात्र हेर्न थाले।निर्मलालाई आफू र छोराछोरी एक्लै पाल्न पर्‍यो। छोराछोरीलाई हुर्काउन समस्या पर्न थाल्यो।
‘घरमा बस्न सक्ने अवस्थासमेत भएन। छोराछोरी ल्याएर म माइतीमा फर्किएँ,’ उनले भनिन्।माइतीमा पनि आर्थिक अवस्था उस्तै थियो, कमजोर। छोराछोरी आमाले हेर्दिने भएपछि उनी कमाउन भन्दै फेरि भारत पसिन्।छोराछोरीलाई स्कुल हालिदिएकी थिइन्। उनकी छोरीको पढाइ निकै राम्रो थियो। उनलाई पक्का थियो- आफ्नो सपना छोरीले पूरा गर्छे भनेर।

छोराछोरीको भविष्यका लागि भनेर उनले एक्लो ज्यान काम गर्नमै लगाइन्। जति ख’टिए पनि अ’भाव भने कहिल्यै टरेन। दैनिक छाक टार्नै हम्मे हम्मे थियो। छोराछोरी बढेसँगै खर्च बढ्थ्यो। उनकी छोरीको हात माग्न मान्छेहरू आउन थाले। आमाको हालत देखेर हो कि कक्षा ७ मा पढ्दै गरेकी उनकी १३ बर्षीय छोरी प्रियकांले बिहे गर्न राजी भइन्। २ वर्ष अघि उनको बिहे भयो।

निर्मलालाई कत्ति राम्रो लागेको थिएन तर उनीसँग उपाय पनि भएन।
‘छोरीलाई राम्रोसँग पढाउन सकिन, राम्रो लुगा दिन सकिन राम्रै घरबाट माग्न आएपछि खान त पेटभरी पाउली भनेर बिहे गरिदिएँ,’ उनले भनिन्, ‘ नत्र बिहेपछि मेरैजस्तै दु:ख भोग्न नपरोस् भनेर छोरीलाई धेरै पढाउँला सोचेकी थिएँ।’ बीचमै पढाइ छोडेर उनले झैँ छोरीले पनि त्यही उमेरमा बिहे गर्न पर्‍यो। आफ्नो सपना छोरीले पूरा गर्ने उनको अर्को इच्छा पनि अधुरै भयो।

‘अहिलेसम्म त राम्रो छ उसको,’ उनले भनिन्,’उसले पेटभरी खान र राम्रै लाउन पाएको देखेर चित्त बुझाउँछु।’ निर्मलाकी छोरी १५ वर्षकी भइन्। अहिले उनको काखमा ९ महिनाकी छोरी छन्। निर्मलाकी नातिनी। छोरीको बिहे त गरिदिइन् एउटा छोरालाई पनि पढाउन लेखाउन र लाउनखान दिन उनलाई मु’स्किलै छ। कोरोना महामा’री पछि त झन् कामकाज पनि राम्ररी पाइँदैन।

‘कहिले इन्डियामा गएर भाँडा माझ्छु कहिले यतै मजदुरी गर्छु,’ उनले भनिन्, ‘कोरोनापछि काम पाउन मु’स्किल परेको छ।काम नभए पैसा हुन्न।’उनलाई ड’र छ यस्तै भए केही वर्षपछि छोराले पनि पढाइ छोडेर कमाउन हिँड्ने हो कि भनेर।उनले अहिलेचाहीँ ज्यादा पीर छोरीकै छ। कतै छोरीले पनि आफैंलेजस्तो दु:ख पाउने हो कि भन्ने कल्पना गरेर उनी बेलाबेला डराइरहन्छिन्।निर्मलाकी आमा मिठु वादीलाई पनि आफ्ना छोरी र नातिनीले दु:ख पाएको देखेर पीर हुन्छ।

‘अहिलेको जमानामा त २९ वर्ष भनेको बिहे गर्ने उमेर हो तर मेरो छोरी हजुरआमा बनिसकी। नातिनीले पढ्न,बढ्न पाइन,’ उनले भनिन्।उनको पनि उही दु:ख छ, आफ्नी छोरीलाई पढाउन पाइनँ भन्ने। आफ्नी छोरीको आफ्नै जस्तो र नातिनीको छोरीको जस्तो नियति देखेर उनलाई दि’क्दार लाग्छ।’मेरी नातिनी पढाइमा राम्रै थिई, स्कुलका थुप्रै अरू कार्यक्रममा पनि जान्थी। पढेर ठूलो मान्छे बन्छु हजुरामा भन्थी,’ उनले भनिन्,’तर उसको इच्छा पूरा गर्न हामीले सकेनौँ।’

समुदायमा गरिबी, अशिक्षाका कारण पछि परेको, सानै उमेरमा छोरीहरूले आमा बन्नु परेको उनको भनाइ छ। ‘ वादी समुदायमा कसैले धेरै पढ्न पाएनन्। माग्दै पेटको भोक मेटाउनु पर्ने अवस्थाले अनपढ हुनुपर्यो। हालत यस्तो नभएको भए त पढेर जागिर गर्थ्यौं, पैसा कमाउथ्यौं नि,’ उनले भनिन्। मिठू वादी समुदायकी अगुवा भएकी छन्।

उनी घरबारविहीन वादी समुदायलाई राज्यले बासको व्यवस्था गरिदिनुपर्ने भन्दै द’बाब अभियानमा लागि परेकी छन्।
‘उहिलेदेखि हामीले आफ्नो सन्ततिले हाम्रोजस्तो दु:ख भोग्न नपरोस् भनेर कामना गर्दै आएका छौं। र वर्षौंदेखि ती कामना पूरा हुन्नन्,’ उनले भनिन्, ‘हाम्रो घरबास होस्, हाम्रा छोराछोरीले पनि पढ्न पाऊन् पढेर सरकारी जागिर गर्ने क्षमता बनाउन सकून् भनेर आन्दोलनमा लागेका छौं।’

प्रकाशित मिति २७ चैत्र २०७७, शुक्रबार ०५:५९