विद्यालय बन्द गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोनाभा’इरस सं’क्रमण थप बढ्न सक्ने देखिएकाले विद्यालयलगायत भीडभाड हुने क्षेत्र बन्द गर्न सिफारिस गरेको छ। केही महिनादेखि विद्यार्थी भौतिक रूपमा उपस्थित भएर विद्यालय र क्याम्पसमा पठनपाठन हुँदै आएको छ।

दोस्रो लहरको कोरोनाभा’इरस महामा’री आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन लागिएको मन्त्रालयको भनाइ छ।
‘अहिले विद्यालय बन्द गर्नुपर्छ। पठनपाठन गर्ने हो भने अनलाइनबाट गर्नुपर्छ,’ स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले भने, ‘स्वास्थ्य मापद’ण्डको पूर्ण पालना गर्नुपर्छ।’

विद्यालयलगायत भीडभाड हुने अन्य क्षेत्र सिनेमा हल, रेन्टुरेन्ट, पार्टी प्यालेस बन्द गर्न मन्त्रालयले सिफारिस गरेको उनले बताए।
‘विद्यालयलगायत बन्द गर्न सिसिएमसीमा सिफारिस गरेका हौं,’ उनले भने, ‘बुधबार नै निर्णय गरेर सिसिएमसीमा पठाइएको छ।’
पछिल्लो समय नेपालमा कोरोनाको दैनिक सं’क्रमण बढ्दै गएको छ। बिहीबार नेपालमा ३ सय ३२ जनालाई कोरोना सं’क्रमण पुष्टि भएको थियो।

सम्बंधित खबर पढ्नुहोस
फेरि विद्यालय बन्द हुनसक्ने सूचना जारी

काठमाडौं: विद्यालयलगायत शैक्षिक संघसंस्थाहरु फेरि बन्द हुन सक्ने भएको छ । स्वास्थ्य मन्त्रालयले विद्यालय जाने उमेर समूहमा कोरोsना भा’इरसको सं’क्रमण बढ्दो रहेको भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरेसँगै बन्द हुने सम्भावना देखिएको हो ।

स्वास्थ्य मन्त्रालयले सूचना जारी गरी काठमाडौं, पोखरालगायतका ठूला सहरहरुमा विद्यालय जाने उमेर समूहमा पनि सं’क्रमण बढ्दो रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको हो । पछिल्लो समय प्रयोगशालाहरुको परीक्षणबाट विद्यालय जाने उमेर समूहका बालबालिकामा सं’क्रमण बढेको तथ्यांक उल्लेख छ ।

देशभरका अधिकांश विद्यालय फागुनयता संचालनमा छन् । तर, कतिपय विद्यालयहरुले अझै पनि अनलाइन कक्षा सञ्चालन गर्दै आएका छन् ।

कोरोना भा’इरसको दोस्रो लहर आएपछि अस्पतालहरुमा विरामीको चाप बढेको छ । योसँगै सरकारले सतर्कता अपनाउन आग्रह गरेको हो । स्वास्थ्य मन्त्रालयले बढी भीडभाड हुने स्थानहरुमा जनस्वास्थयको मापद’ण्डमा अति क’डाइका साथ पालना गरेर मात्र सञ्चालन गराउने व्यवस्थाको आग्रह गरेको छ ।

प्रकाशित मिति २७ चैत्र २०७७, शुक्रबार ०४:३७