म्यानमारी मोडल पेइंग प’क्राउ (फोटो फिचर)

बर्मा–म्यानमारका मोडल तथा अभिनेता पेइंग ताकोनलाई सेनाले पक्रा’उ गरेको छ । पछिल्लो समयमा म्यानमारमा अधिकारकर्मी, पत्रकार र कलाकार प’क्राउको क्रम बढिरहँदा सेनाले पेइंगलाई पनि प’क्राउ गरेको हो

बीबीसीका अनुसार पेइंगको म्यानमार तथा थाइल्याण्डमा करोडौं फ्यान छन् । म्यानमारमा सेनाले ‘कू’ गरेपछि त्यसवि’रुद्ध गरिएको अनलाइन तथा सडक प्रदर्शनमा उनले सहभागिता जनाउदै आएका थिए ।

सेनाले झण्डै एक मिलियन फलोअर्स भएको पेइंगको इन्स्टाग्राम एकाउण्ट र फेसबुक एकाउण्टलाई बन्द गरेको छ ।


गत फेब्रुअरी १ मा सेनाले शक्ति हातमा लिएपछि त्यसवि’रुद्धको आ’न्दोलनमा झण्डै ६ सय बढी नागरिकको मृ’त्यु भइसकेको छ ।

ताकोनकी बहिनी थी थी ल्विनले फेसबुकमा एक पोस्ट गर्दै आठ वटा ट्रकमा आएको सेनाको टोलीले पेइंगलाई स्थानीय समय अनुसार पाँच बजे प’क्राउ गरेको थियो । एक प्रत्यक्षदर्शीका अनुसार सेनाले पेइंगलाई उनको आमाको घरबाट प’क्राउ गरेको थियो ।


पेइंग लामोसमयदेखि ग’म्भीर डि’प्रेसनमा परेका छन् । उनी उठेर हिँड्न सक्ने अवस्थामा पनि छैनन् । उनका दुई मोबाइल फोन पनि सेनाले लगेको छ ।


२४ वर्षे पेइंग म्यानमारमा दिनहुँ हुने प्र’दर्शमा सहभागी हुँदै आएका थिए ।

प्रकाशित मिति २६ चैत्र २०७७, बिहीबार १०:३०