शाहरुखको भन्दा कम छैन पत्नी गौरीको कमाइ उनको कमाइ,(फोटो फिचर)

काठमाडौं- बलिउडका चर्चित अभिनेता हुन् शाहरुख खान । सय करोड पारिश्रमिक लिएर चर्चामा आउने उनी बलिउडै धनी अभिनेतामा गनिन्छन् । श्रीमति गौरी खानसँग बिहे गरेका शाहरुखले गौरीलाई अत्यन्तै माया गर्छन् । बलिउडमा यो जोडीलाई नमुना र अब्बल जोडीको रुपमा लिइन्छ ।

शाहरुखसँगै उनकी श्रीमति गौरी खान फिल्म निर्माता तथा डिजाइनर हुन् ।
उनी कमाइको मामलामा शाहरुख भन्दा कम छैन । शाहरुख भारतको सबैभन्दा महंगो अभिनेता भए जस्तै श्रीमति गौरी भारतकै ठूलो इन्टेरियर डिजाइनर हुन् । उनले मुकेश अम्बानी, रोबर्टो काभाली र राल्फ लाउरेन जस्ता हस्तीको घर डिजाइन गरिसकेकी छन् ।

गौरीको आफ्नो प्रोडक्सन हाउस रेड चिलीज इन्टरटेनमेन्ट छ । शाहरुख र गौरीको वार्षिक आम्दानी करिब २ सय ५६ करोड नजिक छ । जहाँ शाहरुखको नेट वर्थ ५१ सय करोड छ भने गौरीको १६ सय करोड रहेको
छ । यो जोडीको आर्यन, सुहाना र अबराम गरी तीन सन्तान छन् ।

प्रकाशित मिति २५ चैत्र २०७७, बुधबार ०४:५१