no-image

एजेन्सी/ बेलायतमा गरिएको एउटा अध्ययनमा हप्तामा १४ युनिट रेड वाइन सेवन गर्ने मानिसलाई मोतियाविन्दु (Cataracts) को ख’तरा कम हुने देखाएको छ । हरेक हप्ता धेरैमा ६ ग्लास रेड वाइन पिउने गरेको छ भने अझ बढी फाइदा हुने अध्ययनमा देखाइएको छ ।

NHS को अध्ययन अनुसार रेड वाइनका मोडरेट ड्रिं’कर्सलाई मोतियाविन्दु हुने सम्भावना २३ प्रतिशत कम हुने समेत जनाइएको छ । साथै रेड वा’इन वा र’क्सी सेवन नगर्नेमा यो ख’तरा ज्यादा देखिएको छ । वा’इनमा केही यस्ता एण्टी अक्सीडेन्टस हुन्छन् जसले आँखामा हुने मोतियाविन्दु बाट टाढा राख्ने काम गर्छ ।

मोतियाविन्दुमा आँखाको नानीको वरपर धमिलो जालो बन्ने गर्छ । जसका कारण आँखा कम देखिने हुन जान्छ । यो धेरैजसो वयस्क मानिसलाई हुने गरेको पाइन्छ । यस्तोमा मोतियाविन्दुको उपचार भनेको श’ल्यक्रिया नै हो । बेलायतमा हरेक वर्ष ४.५० लाखभन्दा धेरै मोतियाविन्दुको श’ल्यक्रिया हुने गरेको छ ।

लण्डनको मूरफिल्ड आइ हस्पिटल तथा युनिभर्सिटी कलेज लण्डनका वैज्ञानिकले ४.९२ लाख मानिसको मेडिकल तथा लाइफस्टाइलको अध्ययन गरेका थिए । यी मानिसलाई बेलायतको बायोबैंकले गरेको एक अध्ययनमा सामेल गराइएको थियो ।

अध्ययनमा जो मानिस हप्तामा १४ युनिट रेड वा’इन पिउने गर्छन उनीहरुमा मोतियाविन्दुको शल्यक्रि’या गर्नु नपरेको पाइएको थियो । एपिक नरफोल्क अध्ययनका अनुसार बियर वा स्कच पिउनेभन्दा वा’इन पिउनेलाई फाइदा हुने देखिएको बताइएको छ ।

अध्ययनमा हप्तामा पाँच वा छ पटक रेड वाइन पिउनेको तुलनामा सेवन नगर्ने मानिसलाई मोतियाविन्दुके ख’तरा २३ प्रतिशत धेरै रहेको समेत देखाइएको छ । त्यस्तै युके बायोटेक स्टडीका अनुसार बियर तथा स्कच पिउनेहरूलाई यो ख’तरा १४ प्रतिशत मात्रै कम हुने पाइएको छ ।

यस अध्ययनका प्रमुख शोधकर्ता डा.शेरोन चुआका अनुसार मोतियाविन्दु त्यसबेला विकसित हुन्छ जब उमेरको साथमा शरीरको अक्सीडेटिभ स्ट्रेस घट्न जान्छ । तर, जसले अल्कोहल वा पिउने गर्छ उनीहरुको शरीरमा पॉलीफिनॉल एंटी-अक्सीडेंट्स (Polyphenol Antioxidants) हुन्छ जसले अक्सीडेटिभ स्ट्रेस कायम राख्न मद्दत गर्छ । पॉलीफिनॉल एंटी-अक्सीडेंट्स रेड वा’इनमा धेरै हुने गर्छ ।

डा. शेरोनको यो अध्ययन ऑप्थैलमोलॉजी (Ophthalamology)जर्नलमा प्रकाशित गरिएको छ । यस अध्ययनका प्रमुख अनुसन्धाता डा.एन्थोनी ख्वाजाका अनुसार जसको शरीरमा अ’ल्कोहल नि’कोटिनको मात्रा धेरै हुन्छ उनीहरुमा मोतिबिन्दुको श’ल्यक्रिया गराउनु नपर्ने देखिएको छ ।

प्रकाशित मिति २४ चैत्र २०७७, मंगलवार ०९:०१