इन्स्टाग्राममा सारा अलि खानकी ३० मिलियन फलोअर्स बनाएर बनिन् पहिलो नम्बरमा

मुम्बई – बलिउड अभिनेत्री सारा अली खानले थोरै फिल्ममा अभिनय गरेकी भए पनि सोसल मिडियामा उनका फ्यानको संख्या धेरै छ।

सोसल मिडिया खासगरी इन्स्टाग्राममा उनी धेरै सक्रिय रहन्छिन्। उनी जहिले पनि सुटिङ वा ट्रिपमा जाँदा त्यहाँका तस्बिर इन्स्टाग्राममा पोस्ट गर्छिन्।

अहिले उनले इन्स्टाग्राममा ३० मिलियन फलोअर्स पाएकी छन्। यति छोटो समयमा यो सफलता हासिल गर्ने उनी पछिल्लो जमानाकी पहिलो अभिनेत्री हुन्।

साराले आफ्नो डेब्यु फिल्मसँगै सन् २०१८ बाट इन्स्टाग्राममा आफ्ना सामग्री पोस्ट गर्न थालेकी हुन्। अन्नपुर्ण पोष्टमा खबर छ । छोटो समयमै उनी ऐतिहासिक उपलब्धि हात पार्न सफल भएकी छन्।

प्रकाशित मिति २२ चैत्र २०७७, आईतवार ०९:००