करीना भन्छिन: सैफ संग मेरो बिहेपछि उनको पूर्व श्रीमती अमृता संग मेरो भेट एकपटक पनी भएको छैन्

काठमाडौँ-करिना कपुर हालै एक च्याट सोमा सहभागी भइन् । सोमा उनले छोरा तैमुर, अमृता सिंह, सारा अलि खान र कार्तिक आर्यनबारे खुलेर कुरा गरिन् । होस्टले पहिलोपटक करिनासँग उनको सौतेनी छोरी सारा अलि खानबारे प्रश्न गरे । उनलाई सोधिएको थियो, ‘साराको अफेयर कोसँग छ रु’ यस प्रश्नमा करिनाले अहिले आफू आफ्नै काममाथि ध्यान दिइरहेको बताइन्।

करिनालाई जब कार्तिक आर्यनबारे सोधियो, करिनाले ऊ गजबको मान्छे भएको बताइन् । उनले भनेकी छिन्, ‘मलाई लाग्छ कि दुवैको जोडी खुब राम्रो हुनेछ । सारा र कार्तिकसँगै काम गर्ने योजना पनि बनाइरहेका छन् ।’ यति मात्र होइन, करिनाले अमृता सिंहबारे पनि कुरा गरेकी छिन् । अमृता सैफ अलि खानकी पूर्वपत्नी हुन् । करिनाले विवाहपछि अमृतासँग कहिल्यै पनि भेट नभएको बताइन् । उनले भनेकी छिन्, ‘म उहाँको खुब इज्जत गर्छु ।’

फिल्म ‘कभी खुसी कभी गम’को सुटिङका वेला अमृताले सारालाई आफूसँग भेट्न लिएर आएको उनले जानकारी दिइन् । करिनाले भनेकी छिन्, ‘त्यो समय सारा मेरो ठूलो फ्यान थिइन् ।’ करिनाले सैफको दुई सन्तानको हेरचाहको क्रेडिट अमृतालाई दिएकी छिन् ।

उनले भनेकी छिन्, ‘जब सैफले मलाई प्रोपोज गरेको थियो, उसले भनेको थियो कि मेरा दुई सन्तान छन्, जो मेरो जीवनको हिस्सा हुन् ।’ केही समयअगाडि सैफले पनि पूर्वपत्नी अमृताको तारिफ गरेका थिए । सैफले एक अन्तर्वार्तामा भनेका थिए, ‘मलाई सारामाथि सधैँ गर्व महसुस हुन्छ, साराकी आमाले उनको राम्रो हेरचाह गरेकी थिइन्, एक पिताको तर्फबाट म सारामाथि गर्व महसुस गर्छु र उनकी आमा अमृताप्रति कृतज्ञ छु ।’

प्रकाशित मिति २२ चैत्र २०७७, आईतवार ०७:४७