आमा बन्दै प्रियंका कार्की

काठमाडौं । अभिनेत्री प्रियंका कार्की आमा बन्ने भएकी छन्।
केहि दिन अघि सामाजिक सञ्जालमा होली पर्वको अवसरमा सार्वजनिक भएका तस्विरमा अभिनेत्री कार्की मोटाएकी जस्तो देखिएकी थिइन्।

ती तस्विरलाई देखेर मानिसहरुले नायिका कार्की ग’र्भवती भएकी हुन् वा मोटाएकी हुन् भन्ने जिज्ञासा राखेका थिए। सामाजिक सञ्जालमा चलिरहेको गसिपबारे प्रष्टपार्दै अभिनेत्री कार्कीले आफू ग’र्भवती रहेको शुक्रबार प्रष्ट पारेकी छन्।

उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा तस्विर सेयर गर्दै लेखेकी छन्, ‘अब त सोध्न छाड्नूस। हो म ग’र्भवती भएकी छु’

आमा बन्ने पुष्टि भएसँगै प्रियंकालाई धेरैले बधाई दिइरहेका छन्। सन् २०२० को फेब्रुअरी २८ मा प्रियंका र नायक आयुष्मान देशराज जोशी विहे बन्धनमा बाँधिएका थिए ।

त्यसअघिको पहिलो वैवाहिक सम्वन्ध तो’डिएको ८ वर्षपछि नायिका कार्की आयुष्मानसँग दोस्रो विवाह गरेकी थिइन्।

यो पनी
प्रियंकाको मुस्कान (फोटो फिचर)


काठमाडौं –सरकारले देशभर गरेको लकडाउनका कारण सेलिब्रेटीको जीवन घरमै सीमित भएको छ । नायिका प्रियंका कार्की पनि यतिबेला फुर्सदमा छिन् । फुसर्दमा हुँदा कलाकारले आफ्नो शू’टिङको समय सामाजिक सञ्जालमार्फत शेयर गरिरहेका छन् । दिनमा १८ घण्टासम्म व्यस्त हुने प्रियंका पछिल्लो समय भने फुर्सदिलो बनेकी छिन् ।

गतवर्ष फागुनमा आयुष्मान देशराज जोशीसँग बिहे गरेकी प्रियंका बिहेका कारण उक्त महिना चर्चामा रहिन् । गतवर्ष उनले अभिनय गरेका फिल्मले व्यावसायिक सफलता हात पार्न सकेनन् । यद्यपि प्रियंकाको चर्चा भने भयो ।

प्रियंका इन्स्टाग्राममा पनि उत्तिकै सक्रिय रहन्छिन् । आफ्नो सुन्दर मुस्कानले उनले फ्यानको मन जित्छिन् । प्रियंकाले पछिल्लो समय मुस्कुराएका तस्वीरहरु शेयर गर्ने क्रम बढेको छ ।
हेरौं उनले शेयर गरेका केही तस्वीरः

फुसर्दमा हुँदा कलाकारले आफ्नो शू’टिङको समय सामाजिक सञ्जालमार्फत शेयर गरिरहेका छन् । दिनमा १८ घण्टासम्म व्यस्त हुने प्रियंका पछिल्लो समय भने फुर्सदिलो बनेकी छिन् ।

प्रकाशित मिति २० चैत्र २०७७, शुक्रबार १४:३०