म भन्दा त सलमान खानको ब्रासलेट नै बढी लोकप्रिय छ:टाइगर श्राफ

मुम्बई – कतिपय नेपाली कलाकारले एउटा फिल्म हिट भएपछि अरु कलाकारलाई चिन्न छोड्छन् । सिनियर कलाकारलाई इज्जत गर्दैनन् । त्यसैले कहिलेकाहीँ सिनियर कलाकारले नयाँ कलाकारले सम्मान नगरेको गु’नासो पनि गर्ने गर्छन् ।

बलिउड अभिनेता टाइगर श्राफमा भने सफलताको भू’तले अझैसम्म छुन सकेको छैन । पछिल्ला वर्ष कैयन् हिट फिल्म दिएर एक्सन स्टार बनेका टाइगर श्राफले एक अन्तर्वार्तामा आफूभन्दा बढी हिट सलमान खानको ब्रासलेट भएको बताएका छन् ।

यी डिमान्डेड बलिउड अभिनेताले सिनियर कलाकारलाई सम्मान गर्ने गर्छन् । उनी अहिले पनि उति नै विनम्र छन् । जति विनम्र बलिउडमा कदम राख्दा उनी थिए ।

उनले भने, ‘यदि सलमान खानको ब्रासलेटको सामाजिक सञ्जालमा पेज बनाइदियो भने पनि त्यसको फलोअर्स मेरोभन्दा धेरै हुन्छ । स्टारडम भनेको त्यो हो ।’


हालै टाइगरलाई तुलना गरियो कि, उनले कुनै दिन सलमान खानको स्थान लिन सक्छन् । यो कुरालाई भने टाइगरले म’जाकमा उडाएका छन् । उनले भने, ‘यदि सलमान खानको ब्रासलेटको सामाजिक सञ्जालमा पेज बनाइदियो भने पनि त्यसको फलोअर्स मेरोभन्दा धेरै हुन्छ । स्टारडम भनेको त्यो हो ।’

टाइगरले हालै अभिनय गरेको फिल्म ‘बागी ३’ ले उत्साहजनक व्यापार गरेको थियो तर पछिल्लो हप्ता भने कोरोना भा’इरसको प्र’भावका कारण फिल्मको व्यापारमा अ’सर परेको छ ।

अझ नेपालमा त सबै हल ब’न्द गरिएका छन् । भारतमा पनि धेरैजसो फिल्म हल ब’न्द गरिएका छन् । स्थिति सामान्य भएपछि यो फिल्म पुन: प्रदर्शन गरिनेछ ।

प्रकाशित मिति ७ चैत्र २०७६, शुक्रबार ०७:०७