सारीमा यसरी सजिईन सुरविना (१० तस्वीर सहीत )

काठमाडौं –चलचित्र ‘झेली’बाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नायिका हुन्, सुरविना कार्की । सुरुवाती दिनमा फोटोसु’ट र चलचित्रमा ह’ट दृश्य दिएकै कारण यी नायिकाले चर्चा पाइन् । तर, अब उनी चलचित्र छानेर मात्र गर्ने र भूमिकालाई प्राथामिकतामा राख्ने बताउँछिन् ।

नायिका सुरविना कार्कीलाई फिल्ममा भन्दा बढी त सामाजिक सञ्जालमा नै देख्न पाइन्छ । लामो समय फिल्म क्षेत्रबाट टाढा भएजस्तो देखिए पनि उनले सामाजिक सञ्जालमा आफ्नो आफ्नो उपस्थिति जनाइरहन्छिन् ।

अब एक फिल्मका लागि उनी केही समयपछि नेपाल आउनेछिन् । यद्यपि सुरविना लामो समयदेखि मुम्बईमा स’ङ्घर्षरत छिन् । उनी बलिउडमा जम्नका लागि निरन्तर प्रयास गरिरहेकी छिन् । तर उनका हातमा फिल्म परेका छैनन् ।

इन्स्टामा सुरविनाले सारीमा सजिएका केही तस्वीर शेयर गरेकी छिन् । यी तस्वीरमा सुरविना निकै सुन्दर देखिएकी छिन् । फ्यानले उनको रुपको खुलेर तारिफ गरेका छन् । हेरौँ तस्वीर:

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….

रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।

उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् । म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

प्रकाशित मिति २० चैत्र २०७७, शुक्रबार ०८:३३