सौतिनी छोरी सहित माल्दिभ्समा दियाको हनिमुन ! (१५ फोटो सहित )

काठमान्डौ : बलिउड नायिका दिया मिर्जा १५ फेब्रुअरीमा विवाह बन्धनमा बाँधिएकी हुन् । नजिकका आफन्त र साथीभाइको मात्र उपस्थितीमा उनले विहे गरेको थिइन् । उनले बैभव रेखीसँग विवाह गरेकी हुन् । बैभवको पनि पहिलो विवाह सफल हुन सकेन । उनले योगा र जीवनशैलीको गुरु सुनैना रेखीसँग विवाह गरेका थिए । दियासँग निकट भएपछि बैभवको सम्बन्ध बि’च्छेद भएको बताइन्छ ।

दिया मिर्जा आफ्ना श्रीमान् वैभव रेखीसँग आजकाल मालदिभ्समा हनिमून मनाइरहेकी छिन् । उनीहरुसँग वैभव रेखीकी छोरी समायरा पनि छिन् । हालै दियाले माल्दिभ्समा सौतेनी छोरी समायरासँग खिचिएको एउटा फोटो सोसल मिडियामा सेयर गरेकी छिन् ।

यो फोटोमा थुप्रै मानिसहरुले विभिन्न प्रकारको प्रतिक्रिया दिएका छन् । सेयर गरिएको फोटोमा दियाले छोरी समायरासँग पोज दिइरहेको देख्न सकिन्छ । फोटोमा दियाले सेतो रङको ड्रेस लगाएकी छिन् । साथै समायराले कालो रङको प्रिन्टेड ड्रेस लगाएकी छिन् ।

फोटो सेयर गर्दै यसको क्रेडिट श्रीमान् वैभव रेखीलाई दिएकी छिन् ।दियाका प्रशंसकलाई यो फोटो निकै मन परिरहेको छ । साथै हनिमूनमा समायरालाई सँगै लिएर गएकोमा दियाको निकै तारिफ पनि गरिरहेका छन् । एउटा प्रशंसकले कमेन्टमा लेखेका छन्, ‘तपाईंजस्तो अरु कोही हुन सक्दैन ।’ हेर्नुहोस तस्बिरहरु :

सम्वन्धित ख़बर पढि्नुहोस
हनिमुनमा रहेकी दियाले भनिन: प्रदूषणले पुरुषको गोप्य अं’गमा नोक्सान पुर्याईरहेको छ (फोटो फिचर)

एजेन्सी । बलिउड अभिनेत्री दिया मिर्जा अहिले आफ्ना पतिसँग हनिमूनमा छन् । उनको हालसालै विवाह भएको हो । हनिमुनमा रहेकी दियाले पुरुषको गो’प्य अं’गका बारेमा गरेको एक ट्वीटका कारण ट्रो’ल बनेकी छन् । वास्तवमा, आफ्नो ट्वीटमा, दीयाले प्रदूषणका कारण पुरुषको अं’गमा हुने नोक्सानको बारेमा भनेकी छिन्।

दीया मिर्जा विगत दिनदेखि उनको विवाहको कारण चर्चामा थिइन् । विवाहको झन्डै १ महिना पछि उनी आफ्नो पति वैभवसँग हनीमूनमा गइन् । उनका धेरै फोटोहरू सोशल मीडियामा भाइरल पनि भइरहेको छ।

दियाले मानिसहरूलाई प्रदूषणले गर्दा हुने क्षतिको बारेमा सचेत गराएकी छन् । भर्खरै, उनले यसका लागि नयाँ ट्वीट गरेर र लेखेकी छन् कि, प्रदूषणले पुरुषहरूको निजी भागमा धेरै नराम्रो प्रभाव पार्छ।

दीयाले हालसालै यो कुरा ट्वीट गरिन् जसमा उनले अनुसन्धानमा आधारित एक रि’पोर्ट पनि ट्याग गरेकी छन् । जसमा वातावरणमा भएको वि षा क्त रसायनले शु क्रा णु हरूको संख्या र अ ण्ड कोषलाई असर गरिरहेको उल्लेख छ । यसले पुरुषहरूको निजी भागलाई असर गरिरहेको छ।

दियाले मानिसहरुलाई सचेत हुनका लागि यो सूचना सार्वजनिक गरेकी थिइन् । तर हनिमुनमा रहेकी दियाले यस्तो सूचना सार्वजनिक गरेका कारण ट्रोल बनेकी छन् । सामाजिक सञ्जाल प्रयोगकर्ताले उनको यस्तो सूचना सहितको ट्वीटमा कडा प्रतिक्रिया व्यक्त गरिरहेका छन्।

उनले आफ्नो ट्वीटबाट मानिसहरूलाई प्रकृतिको महत्त्ववारे पनि बताउन चाहेकी छन् । यस अघि पनि दीयाले भनेकी थिइन कि कोभिड १९ महामारी सबैले आफुलाई जोगाउनुपर्छ । र अब हामी सबैले वातावरणलाई प्रदूषित हुनबाट जोगाउन विशेष ध्यान दिनुपर्दछ। दीयाले केही समय अघि व्यवसायी वैभव रेखीसँग विवाह गरेकी हुन् ।

प्रकाशित मिति १९ चैत्र २०७७, बिहीबार ०३:५६