अभिनेत्री तमन्ना भाटियाको घर कुनै दरबार भन्दा कम छैन, राजकुमारीको जस्तो छ उनको जीवनशैली (फोटो फिचर)

काठमाडौँ । बाहुबली फिल्मकी तमन्ना भाटिया साउथकी चर्चित अभिनेत्री हुन् । उनी साउथ फिल्मको मात्र नभएर बलिउडको पनि चर्चित अभिनेत्री हुन् ।अहिले फेरि उनी चर्चामा आएकी छिन् । मुम्बईको बर्सोवामा दुई गुणा बढी मूल्य तिरेर ‘सी भ्यु अपार्टमेन्ट’ खरिद गरेपछि उनी समाचारको हेडलाइन बनेकी हुन् ।

उनले आफ्नो करियरको सुरुवात १३ वर्षको उमेरमा ‘चाँद सा रोशन चेहेरा’बाट गरेकी थिइन् । हालसम्म उनले बलिउड र साउथ गरी कैयौँ सुपरहिट फिल्ममा काम गरिसकेकी छिन् । बाहुबली मा अभिनय गरेपछि उनको चर्चा झनै चुलिएको हो ।

केही समय अघि मात्र उनी आफ्नो नयाँ अपार्टमेन्टको कारण चर्चामा आएकी थिइन् । उनी हाल बस्दै आएको ‘सी भ्यु अपार्टमेन्ट’ मा १६ करोड भारतीय रुपैया खर्च गरेकी छिन् । त्यसका साथै यसको पुणनिर्माणको लागी मात्र ४ दशमलब ५६ करोड भारु खर्च गरेकी छिन् ।

जुन अपार्टमेन्टबाट चारैतिर समुन्द्रको रमाइलो दृश्य देख्न सकिन्छ ।तमन्ना अहिले कंगना रनौतको अवार्ड विजेता फिल्म क्विनको तमिल रिमेकको सुटिङमा व्यस्त छिन् । यो फिल्मको तमिल नाम महालक्ष्मी राखिएको छ ।

यो पनि पढ्नुहोस: आन्टी भएर हराउन्न, नायिका रेखा थापा……….

रेखा थापा नेपाली चलचित्र क्षेत्रकि एक चर्चित अभिनेत्री र तथा र्निमात्री हुन् । सन् १९९९ मिस नेपालमा सहभागी भएर उनी उत्कृष्ट दस मा पर्न सफल भएकी थिइन् । २ वर्ष पछि उनले छबी राज ओझाको चलचित्र हिरोबाट नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी थिइन् । हालसम्म उनले २०० वटा भन्दा बढी नेपाली चलचित्रमा अभिनय गरेकी छिन् ।

सन् २०१० र २०११ मा उनले उत्कृष्ट अभिनेत्रीको सिजी डिजिटल फिल्म पुरस्कार पाएकी थिइन् र सन् २०११ मा उत्कृष्ट अभिनेत्रीको नेफ्टा फिल्म पुरस्कार जितेकी थिइन् । नायिका रेखा थापाले आफू फिट रहन नसकेर चाडै नै नहराउने बताएकी छिन् । पछिल्लो समय प्रदर्शनमा आएका केही चलचित्रमा रेखाको फिगरलाई लिएर चर्को आलोचना भएको थियो ।

चलचित्र हिम्मतवाली र तथास्तुमा रेखाको अस्वभाविक मोटो शरीरलाई समिक्षकहरुले चर्को आलोचना गरेका थिए । अहिले यी चलचित्र हेर्दा आफूले आफूलाई कुनै ध्यान नदिएको लाग्ने गरेको भन्दै रेखाले अब पूर्ण रुपमा पुरानी रेखा हुने बताइन् । चलचित्र हिरोमा डेब्यू गर्दा आफ्नो जस्तै फिगर थियो त्यस्तै बनाउने रेखाको भनाई छ ।

यसका लागि उनले ट्रेनर नै राखेर दैनिक जिम गरिरहेको बताइन् । अमेरिकामा रहँदा आफूले करिब १ महिना जिम गरेको भन्दै उनले नेपालमा आएर पनि यसलाई निरन्तरता दिएको बताएकी छिन् । चलचित्र रामप्यारीको छायांकनमा ५ केजी भन्दा बढी घटेपछि रेखाको लुक्स पनि फेरिएको थियो ।

उनले भनिन्-नायिकाहरु फिट रहन नसकेर चाडै नै नायिकाको भूमिकाबाट आमा र आन्टीको भूमिकामा देखिन्छन् । म आन्टी भएर हराउदिन । नायिका रेखा थापालाई हराउन दिन्न । उनले आफूले लाप’रवाही गरेका कारण पनि मेन्टेन गर्न नसकेको बताएकी छिन् ।

प्रकाशित मिति १८ चैत्र २०७७, बुधबार ०७:५६