यस्तो हुन्छ बुधबार जन्मिएका मानिसको स्वभाव र आचरण  हुन्छ

काठमाडौं । मानिसको कर्म भाग्य र स्वभाव जन्मबारले निर्धारण गर्ने ज्योतिष शास्त्रमा उल्लेख गरिएको छ। ज्योतिषशास्त्रका अनुसार मानिसको साल, महिना, गते, जन्म समय,तिथी,बार,योग,करण र जन्म स्थान अनुसार उसको ग्रह दशा, भविष्य र भाग्यको निर्धारण हुने बताइन्छ।

बुधबार जन्मिएको मानिसको स्वभाव र आचरण कस्तो हुन्छ ?

बुधबार जन्मेका व्यक्तिहरु शान्त, विदुषी र विजनेश माइन्डका हुने गर्दछन् । जीवनमा योजनाहरुको कुनै स्थान नभए पनि निकै सुव्यवस्थित तरिकाले काम गर्न चाहन्छन् । यिनीहरु सफा र स्वच्छ विचारधाराका मालिक हुन्छन् ।

नयाँ–नयाँ कुराहरु जान्न निकै मन लाग्छ ।कुरा गर्ने तरिका निकै प्रभावशाली छ । कुनै पनि कुरामा त्यति त’नावमा नहुने भएका कारण यिनीहरुको जीवन निकै सन्तुष्ट हुन्छ । सकारात्मक सोचसँगै जीवनमा अघि बढ्ने गर्नाले निकै सफलता हात पार्छन् ।

धेरै रि’स त उठ्दैन तर एकचोटी रिसाइसकेपछि रिस शान्त हुन निकै समय लाग्ने गर्दछ । कसैलाई पनि सजिलै माफी दिदैनन् । कुनै पनि व्यक्ति एक पटक मन नपरेमा ती व्यक्तिहरुले जे गरे पनि प्रभावित तुल्याउन सक्दैनन् । खर्चिलो स्वाभावको हुन्छन र आफ्नो निर्णय आफैँ लिन्छन् ।

प्रकाशित मिति १८ चैत्र २०७७, बुधबार ०६:२७