६ करोडको कार किनेपछि खुशीले फुरुगं छन् साउथ अभिनेता प्रभास

एजेन्सी – ‘बाहुबली’ अभिनेता प्रभासले फेरी ६ करोडको अर्को कार किनेका छन् । कारका निकै सौखिन उनले करोडौं मुल्यका निकै लग्जरियल कारहरु आफुसँग हुँदा हुँदै फेरी अर्को महंगो कार किनेका हुन् । उनले भारतीय ६ करोडमा लेम्बर्गिनी एभेन्टाडोर एस रोडस्टर किनेका हुन् । उनले यो कार आफ्नो पिता सूर्या नारायण राजूको बर्थ एनिभर्सरीमा किनेको बताइएको छ ।

साउथमा लेम्बर्गिनी कारमा हुइँकिने उनी एक्ला कलाकार हुन् । प्रभाषका कार कलेक्सनमा सवा करोडको जगुआर एक्सजे, ८ करोडको रोल्स रोयस फ्याटम, ५० लाखको बीएमडब्ल्यू एक्स ३, ४ करोडको रेन्ज रोभर र ३० लाखको सेडान कार स्कोडा सुपर्ब छ ।

उथ फिल्मका सबैभन्दा महंगा अभिनेतामध्ये एक प्रभाषले ‘साहो’ बाट बलिउडमा समेत डेब्यू गरेका हुन् ।उनको पाइपलाइनमा अहिले ठूला बजेटका ‘सलार र आदिपुरुष’ फिल्म छन् भने ‘राधे श्याम’ प्रदर्शनको पखाईमा छ । प्रभास चाँडै फिल्म ‘आदिपुरुष’ मा काम गर्ने तयारीमा छन् । नले एउटा फिल्मबाट सय करोड पारिश्रमिक लिने गरेका छन् ।

प्रकाशित मिति १८ चैत्र २०७७, बुधबार ०३:०५