बेहुलीले बेहुलालाई गाडीमा राखेर भगाएको भिडियो भाइरल (भिडीयो सहित)

काठमाडौ । विबाहमा बेहुली रुँदै विदाई भएको देखिन्छ । तर भारतकी स्नेहा सिंघी नाम गरेकी युवतीको आँट र साहासलाई भने मान्नै पर्छ । उनले सिंगो विबाहमा निर्धक्कसाथ समय बिताएर बेहुलाको घर फर्किने बेला आँफैले गाडी हाँकेर घर पुगेकी छिन् । जुन दृश्य वैबाहिक समारोहमा कुनै फिल्मको सिन जस्तो देखिन्थ्यो ।

विवाहमा जव विदाई भयो वेहुली फुलले सजाएको कारमा ड्राइभरको सिटमा बसेर फिल्मको हिरो जसरी सबैलाई बाईबाई गर्दै आफ्ना पतिलाई साइडको सिटमा राखेर हुँइकाएको दृश्य लो’भलाग्दो देखिन्छ । जुन भिडियो समेत अहिले भाइरल बनिरहेको छ ।

अचम्मको कुरा त के भने ति बेहुलीले आफ्ना पति र परिवारका सदस्यलाई कोलकातावाट वेहुला उनको घरमा नै लगिन् । भिडियोमा उनी मुस्कानका साथ कारमा चढ्छिन्, ड्राइभर सिटमा बसेको र साइडमा वेहुलालाई राखेर कार चलाएको दृश्यलाई लिएर कैयौँ सामाजिक संजालका प्रयोगकर्ताले वाउ भनेका छन् ।

हेर्नुहोस् यो गज्जबको भाइरल भिडियो:

प्रकाशित मिति १८ चैत्र २०७७, बुधबार ०२:५०